फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाको एक पक्षीयवादबाट विश्वको शान्ति खलबलिँदै

(GMT+08:00) 2019-04-09 18:58:35

हाल मध्य पूर्वको स्थिति परिवर्तित छ। विभिन्न पक्षबीचको द्वन्द्व चर्कँदै आएको छ। त्यसको पछाडि अमेरिकाको हस्तक्षेप रहेको छ। अप्रिल नौ तारिख इजरायलको चुनाव सुरु भएको छ। त्यसअघि अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोलान हाइचको सार्वभौमिकता इजरायलको हातमा रहेको घोषणा गर्नुभएको थियो। त्यसपछि अन्तर्राष्ट्रिय क्षेत्रबाट कडा विरोध भएको छ। साथै इजरायलका प्रधानमन्त्री बेनजामिन नेतान्याहु पुनःनिर्वाचित हुने कुरा अवस्था सिर्जना भएको छ। हिजो आठ तारिख अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी इस्लामिक क्रान्ति गार्डलाई आतंकबादी संगठनको सूचिमा राखेको घोषणा गर्नुभयो। अमेरिकाले एक देशको राष्ट्रिय सशस्त्र शक्तिलाई आतंकबादी सूचिमा राखेको यो पहिलो पटक हो। यी दुई गतिबिधिबाट मध्य पूर्वमा अमेरिकाको रणनीति तीव्र परिवर्तन हुँदै गएको र एक पक्षीयवाद गतिबिधिले विश्वको शान्तिलाई बिगार्ने सम्भावना रहेको देखिएको छ।

अफ्गानिस्तान र इरानमा अमेरिकाले चालेको युद्धबाट अमेरिकालाई समस्यामा पारेको छ। मध्य पूर्वी क्षेत्रमा आतंकबादी वातावरण प्रदान गरी मध्यपूर्वको शान्ति तथा विकास प्रकृया अवरुद्ध पारिएको छ। अमेरिकाले अन्तर्राष्ट्रिय ऐन र अन्तर्राष्ट्रिय नियमलाई बेवास्ता गरी एक पक्षीयवाद गतिबिधिले मध्य पूर्वको स्थितिलाई पुनःबिगारेको छ। अन्तर्राष्ट्रिय समूहले शान्ति प्रकृया बढाएको प्रवाहसमक्ष अमेरिकाको उक्त गतिबिधि नै इतिहासलाई पछाडि फर्काउने कार्य हो र शान्ति सुरक्षामा देखिएको ठूलो धम्की पनि हो।

जानकारी तथा लेखहरु