फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सहमतिलाई विस्तार गर्दै चीन र युरोप साझा हिततर्फ

(GMT+08:00) 2019-04-10 18:54:48

चीनका सर्वोच्च नेता राष्ट्राध्यक्ष सी चिन फिङले चालुवर्ष युरोपका तीन मुलुकको भ्रमण गर्नुभएपछि चीनका प्रधानमन्त्री ली ख छ्याङले युरोपको भ्रमण शुरु भएको थियो। सोबाट चीन र युरोप आपसी महत्वपूर्ण कूटनीतिक साझेदारी हुन् भन्ने कुराको पुष्टि हुन्छ।

स्थानीय समय अप्रिल नौ तारिख दिउँसो चीनका प्रधानमन्त्री ली ख छ्याङले युरोपेली परिषदका अध्यक्ष डोनाल्ड टुस्क र यूरोपेली संघका अध्यक्ष जिन क्लाउड जुन्करसँग ब्रसेल्समा भेट-वार्ता गर्नु भएको छ। सो अवसरमा संयुक्त वक्तव्य पनि प्रकाशित भएको छ। चीन-युरोपेली संघका नेता बीचको भेट-वार्ता पछिल्लोपटक चीन र युरोपेली संघबीच सबैभन्दा उच्च स्तरको राजनीतिक वार्ता प्रणाली पनि हो।

केही वर्षदेखि चीन र युरोप बीचको सम्बन्धमा धेरै सफलता देखिएको छ। सन् 2014 मा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले युरोपेली संघको मुख्यालयमा पहिलो पटक भ्रमण गर्दै चीन र युरोपले "शान्ति, विकास, सुधार र संस्कृति" चार सम्बन्धलाई संयुक्त रुपमा निर्माण गर्ने सहमति गर्नु भएको थियो। साझा समृद्धिको रणनीतिक आधारमा नै चीन र युरोप बीचको व्यापार र लगानी अझ वृद्धि भएको छ। सन् 2018 मा चीन र युरोप बीचको व्यापारको कूल रकम छ खर्ब बयासी अर्ब सोह्र करोड अमेरिकी डलर पुगेको छ। यसका साथै दुवै पक्षले शान्तिसुरक्षा, दिगो विकास, सांस्कृतिक आदान-प्रदान र प्रबिधिको सिर्जना आदि क्षेत्रको सहयोगलाई सबल पारेका छन्।

चीन र युरोपका नेताले यस पटकको भेट-वार्तामा पहुपक्षीयवाद र स्वतन्त्र व्यापारको सुरक्षा, प्रबिधि सिर्जनाको सहयोगलाई सबल पार्ने, चीन-युरोप लगानी र साझेदारीलाई बढाउने आदि विषयमा क्रमबद्ध महत्वपूर्ण सहमति भएको छ।

यस वर्ष युरोपमा अस्थिरता देखिएको छ। यो वातावरणमा युरोपेली संघले चीनबारे केही गलत बुझाइ रहेको छ। आपसी सहयोगलाई सबल पारेपछि केही मतभेद रहनु सामान्य कुरा हो। गहन रुपमा जानकारी पाउन र व्यावहारिक सहयोगसँगै अझ बढी युरोपेली जनताले "बीआरआई" बाट फाइदा लिनेसक्नेछन्। हालसम्म हंगेरी, पोल्याण्ड, ग्रिस, पोर्चुगल लगायत दशभन्दा बढी युरोपेली संघका मुलुकले चीनसँग सम्झौतामा हस्ताक्षर गरेका छन्। इटलीले "बीआरआई" प्रस्तावमा हस्ताक्षर गरेको छ। जर्मनीका प्रधानमन्त्रीले अप्रिलमा युरोपेली संघको शिखर सम्मेलनमा "बीआरआई" प्रस्तावमा जर्मनीले सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु