फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व आर्थिक विकास कठिन अवस्थामा, चीन नै महत्वपूर्ण आर्थिक शक्ति

(GMT+08:00) 2019-04-11 18:54:57

चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले अप्रिल एघार तारिख सार्वजनिक गरेको प्रतिवेदन अनुसार मार्च महिनामा चीनको सिपिआई अघिल्लो महिनाको तुलनामा 0.4 प्रतिशतले घटेको छ भने गत वर्षको सोही अवधिको तुलनामा 2.3 प्रतिशतले बढेको छ। पिपिआई पनि अघिल्लो महिनाको तुलनामा मार्च महिनामा 0.1 प्रतिशतले बढेको छ र गत वर्षको सोही अवधिको तुलनामा 0.4 प्रतिशतले बढेको छ। त्यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोषले पछिल्लो प्रतिवेदनमा सन् 2019 मा चीनको आर्थिक बृद्धि दर 6.3 प्रतिशत हुने बताएको छ। उल्लिखित तथ्याङ्कबाट विश्व मुख्य अर्थव्यवस्थामा आर्थिक बृद्धिदरमा वृद्धि आउने मुलुक चीन एउटा मात्र रहने छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका महानिर्देशक क्रिश्चिना लागार्दले विश्व आर्थिक परिस्थितिमा कठिनाइ रहेको बताउँदै व्यापारिक द्वन्द्व र मौद्रिक नीति जस्ता अस्थिर कारकतत्वले सन् 2019 मा विश्व आर्थिक बृद्धि दर त्यसअघिको 3.5प्र तिशतलेबाट 3.3 प्रतिशतमा झर्ने बताउनुभयो।

यस्तो अवस्थामा चीनको आर्थिक वृद्धि निरन्त विकास हुँदै गएको छ। चीनको आर्थिक विकास स्थिररुपमा विकास भइरहेको कारण आन्तरिक माग बलियो हुनु र आर्थिक वृद्धि स्थिर रुपमा विकासित हुनु महत्वपूर्ण मानिन्छ।

गत वर्षदेखि चीन सरकारले क्रमबद्ध गहिरो सुधार र खुलापन विस्तारको कदम चालेका छ। चीनले अगाडि सारेको नयाँ चरणको सुधार र खुलापन कदम छुट्टा-छुट्टै रुपमा कार्यान्वयन हुँदै आएका छन्। चीन र विदेशी व्यवसायहरुबीचमा अझ विश्वास बढेको छ। तथ्यांक अनुसार, सन् 2018 मा चीनले भित्र्याएको विदेशी पूँजी एक खर्ब चौँतीस अर्ब सन्ताननब्बे करोड अमेरिकी डलर पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा 3 प्रतिशतले बढेको हो। चीनले विदेशमा गरेको प्रत्यक्ष लगानी पनि एक खर्ब तीस अर्ब अमेरिकी डलर पुगेको छ।

जानकारी तथा लेखहरु