फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटकीय क्षेत्र पोखराको फेवातालमा नव वर्ष महोत्सव सुरू

(GMT+08:00) 2019-04-13 15:39:19

पोखराको फेवा किनारस्थित कोमागाने पार्कमा १६ औं फेवा नववर्ष महोत्सव २०७६ सुरु भएको छ। नेपाली सँस्कृतिको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनको उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो। महोत्सव वैशाख १ गतेसम्म चल्ने नेपालखबर अनलाइनले जनाएको छ।

उद्घाटन मन्तव्य व्यक्त गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई महोत्सव नै महोत्सवको सहर बनाउँदै बढी भन्दा बढी पर्यटक आकर्षित गर्न सकिने बताउनुभयो। प्राकृतिक र सांस्कृतिक रुपमा धनी पोखरालाई स्वर्गजस्तो शहर बनाउन जरुरी भएको उहाँको भनाई थियो। जीवनमा एक पटक पोखरा पुग्नै पर्छ भन्ने वातावरण यहाँ बनाउन जरुरी छ– उहाँले भन्नुभयो।

गण्डकी प्रदेशका सभासद राजीव पहारीले फेवा ताल लगायतका तालको संरक्षणप्रति आफ्नो विशेष चासो रहेको स्मरण गराउँदै लेकसाइडलाई २४ घण्टा नै खुलाउने विषयमा छलफल आबश्यक रहेको भनाई राख्नुभयो। पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेलले पोखरा काठमाडौं जोड्ने पृथ्वीराजमार्गलाई ४ लेनको बनाउन जरुरी रहेको भनाई राख्नुभयो।

उद्घाटनका अवसरमा आयोजित झाँकी प्रतियोगितामा कूल ३६ समूहले प्रतिस्पर्धा गरेका थिए। महोत्सवकै अवसरमा गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगिता पनि आयोजना गरिने छ। नेपाली संस्कृतिको संरक्षण गर्दै फेवा ताल संरक्षणमा सचेतना फैलाउन आयोजित महोत्सवमा पर्यटक दौड, बाल उद्यान र पप कन्सर्ट जस्ता आकर्षण पनि समेटिएका छन्। सेफ एशोसिएशनसँग मिलेर महोत्सवमा विविध नेपाली खानाको विक्री र प्रदर्शनी पनि राखिएको होटल संघका अध्यक्ष विकल तुलाचनले जनाउनुभयो।

जानकारी तथा लेखहरु