फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

२० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण वर्ष २०२० शुरू

(GMT+08:00) 2019-04-14 14:16:09

बीस लाख पर्यटन भित्र्याउने उद्देश्यसहित सरकारले घोषणा गरेको 'नेपाल भ्रमण वर्ष २०२०' शुभारम्भ शनिबार पोखराबाट गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रमण वर्ष शुभारम्भ गर्नुभयो। पश्चिमाञ्चल होटल संघले लेकसाइडको कोमागाने पार्कमा गरिरहेको १६ औं नववर्ष फेवा महोत्सवकै कार्यक्रमस्थलबाट भ्रमण वर्ष शुभारम्भ गरिएको कान्तिपुर अनलाइनले जनाएको छ।

पर्यटनमा हाल गण्डकीको ४० प्रतिशत योगदान रहेको बताउँदै उहाँले भन्नुभयो, 'गण्डकीले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाई छिमेकी मुलुकका पर्यटक भित्र्याउने वर्ष र २०२२ मा २० लाख पर्यटक भित्र्याउने वर्षका रुपमा मनाउँदै छौं।'

आन्तरिक र बाहय गरी १० लाख पर्यटक अहिले पनि भित्रिइरहेको जनाउँदै उहाँले आगामी २ वर्षभित्र १० लाख विदेशी पर्यटक भित्र्याउनैपर्ने दबाब रहेको उल्लेख गर्नुभयो। गण्डकीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्यटकीय पूर्वाधार विकासमा मुख्य जोड दिनुपर्ने बताउनुभयो । पर्यटनमा चिनियाँ लगानी भित्र्याउन लगानीकर्ताले चासो व्यक्त गरिरहेको उहाँले सुनाउनुभयो ।

भ्रमण वर्षका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले पोखरामै पर्यटन लगानी सम्मेलन गर्ने तयारी भइरहेको बताउनुभयो। भ्रमण वर्षकै सन्दर्भमा नेपाल, भारत र चीनका एक/एक महिलाले सगरमाथा आरोहणको तयारी गरिरहेको जनाउँदै उहाँले भन्नुभयो, 'भ्रमण वर्षको काम सुरु भइसकेको छ, अब नयाँ रोजगारी र लगानी थपिँदै जानेछन्।' पर्यटन बोर्डका कार्यकारी सदस्य विप्लव पौडेलले मुस्ताङबाट चीन जोड्ने कोरला नाका खोल्न सके पर्यटनमाकोसेढुंगा साबित हुने उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु