फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सगरमाथामा चीनले वातावरणमैत्री शौचालय बनाउने

(GMT+08:00) 2019-04-15 14:42:17
विश्वकै सर्वोच्च शिखर सगरमाथामा बढ्दै गएको फोहोरको समस्यासँग जुझ्नका लागि चीनले विशेष पहल गरेको छ। चीनले सगरमाथामा अब चाँडै नै वातावरणमैत्री शौचालय बनाउने भएको छ। पर्यावरणअनुकूल बनाइने यो शौचालय सगरमाथाको ७ हजार २८ मिटरको उचाइस्थित एक चिनियाँ शिविरमा हुनेछ।

कारोबार अनलाइनका अनुसार सगरमाथामा विगत कैयौं दशकदेखि व्यापारिक पर्वतारोहण बढ्दै गइरहेको छ। यसले गर्दा सगरमाथामा पनि फोहोरको डुंगुर जम्मा हुन थालेको छ। तर, ठूलो धनराशि खर्च गरेर सगरमाथा चढ्न आउने पर्वतारोहीले यो समस्यामा ध्यान दिँदैनन्।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार पर्वतारोहणको विद्यमान सिजनमा चीनको एक कम्पनीले तिब्ब्तका तर्फबाट सगरमाथामा वातावरणमैत्री शौचौचालय उपलब्ध गराउने भएको छ। तिब्बती पर्वतारोहण एसोसिएसनका उपमहासचिव पेमा टिनलीले भनेका छन्, "यो शौचालयमा मानव शौच जम्मा गरिनेछ र पर्वतको तल ल्याइनेछ। यो अस्थायी शौचालयलाई सिजन समाप्त भएलगत्तै हटाइनेछ।

सगरमाथामा यस किसिमको सुविधा गत वर्ष ५ हजार २ सय मिटरको उचाइमा रहेको उत्तरी आधार शिविरमा उपलब्ध गराइएको थियो। यस शिविरबाट दैनिक शौच ल्याएर मलका रूपमा प्रयोग गरिन्थ्यो।चीनले जुन ठाउँमा वातावरणमैत्री शौचालय बनाउन गइरहेको छ, नेपालका इन्जिनियरहरूले पनि दक्षिणी आधार शिविरमा बायोग्यास प्लान्ट बनाउने विचार गरिरहेका छन्। यो आशार शिविर पर्वतारोहीमा सर्वाधिक लोकप्रिय रहँदै आएको छ। यो प्लान्टको माध्यमबाट पर्वतारोहीले निकालेको शौच मलका रूपमा परिणत गरिनेछ।

जानकारी तथा लेखहरु