फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा नेपाल र चीनबीच चलचित्र प्रचारप्रसार सम्बन्धी सम्झौता

(GMT+08:00) 2019-04-17 14:02:08

नेपालले चीनसँग चलचित्रलाई चीन तथा बेल्ट एन्ड रोड इनिसिएटिभमा आबद्ध मुलुकसम्म प्रचारप्रसार गर्ने सम्झौता गरेको छ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केदारप्रसाद केपी पाठकले मंगलबार पैचिङमा पाँचबुँदे सम्झौतामा हस्ताक्षर गरेको अन्नपूर्णपोस्ट अनलाइनले लेखेको छ।

पैचिङ चाइनिज इन्टरप्राइज थिंक ट्यांक म्यानेजमेन्ट कम्पनी लिमिटेड (सीईटीटी) र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानअन्तर्गत नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बीच चीन तथा बेल्ट एन्ड रोडमा आबद्ध मुलुकबीच सीईटीटीले नेपाली चलचित्र उद्योग र निफको प्रचारप्रसार सहमति भएको छ। सीईटीटीका तर्फबाट बोर्ड अध्यक्ष ल्यु मङ छ्येनले हस्ताक्षर गर्नुभयो।

चीन र नेपालबीच चलचित्र निर्माण गरी सांस्कृतिक आदानप्रदान गर्ने, छायांकन स्थलसम्बन्धमा प्रचार गर्ने र दुवै देशका चलचित्रकर्मीलाई आवश्यक सूचना सम्प्रेषण गर्ने, चलचित्रकर्मी तथा कलाकारबीच दीर्घकालीन सम्बन्ध तथा सहकार्यको स्थापना गर्ने सहमति भएको छ। साथै द्विपक्षीय भ्रमण तथा आदानप्रदान गर्ने, निफ २०२० महोत्सवमा एक खण्ड चिनियाँ चलचित्र मात्र प्रदर्शनको व्यवस्था गर्ने, स्कुल, कलेजलगायत काठमाडौं, पोखराजस्ता सहरहरूमा चिनियाँ चलचित्र प्रदर्शनको व्यवस्था गर्ने, त्यसैगरी चीनमा नेपाली चलचित्रमा चिनियाँ सबटाइटल्स राखी प्रदर्शन गर्ने साथै नेपाली चलचित्र उद्योग र निफलाई बेल्ट एन्ड रोड इनिसिएटिभमा आबद्ध मुलुकमा प्रचारप्रसार गर्ने सम्झौता भएका छन्। नवौं पैचिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सव शनिबारबाट सुरु भयो। महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनसँगै चलचित्र गोष्ठी र थ्येनथान पुरस्कार प्रदान गरिनेछ।

जानकारी तथा लेखहरु