फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल, चीन र भारतका महिलाले एकैपटक सगरमाथा आरोहण गर्ने

(GMT+08:00) 2019-04-17 14:10:06
सगरमाथा आरोहणको इतिहासमै तीन देशका महिलाले पहिलोपटक एकसाथ सगरमाथा आरोहण गर्ने भएका छन्। विश्वशान्ति र सद्भावको सन्देश लिएर यस क्षेत्रका महिलालाई सशक्तीकरण गर्ने उद्देश्यले नेपाल, भारत र चीनका महिला पहिलोपटक एकसाथ सगरमाथा आरोहणमा सहभागी हुन लागेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

यस आरोहणको गाइड भने नेपालका तफबाट चर्चित पर्वतारोही पेम्बा दोर्जे शेर्पाले गर्नेछन्। आरोहण गर्ने महिलामा नेपालकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनबाट लियामु मा रहेको नेपालखबर अनलाइनले जनाएको छ।

शेर्पाले १८ पटक सगरमाथाको आरोहण गरिसकेका छन्। सो क्रममा ६ पटक उनले गिनिज बुक आफ विश्व रेकर्डमा नाम नै लेखाएका छन् भने उनी सन् २०११ को नेपाल पर्यटन वर्षमा सद्भावना दूत समेत रहेका थिए।

नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदै छ। सोही अन्तर्गत तीन देशका महिलाले एक साथ सगरमाथा आरोहण गर्न लागेका हुन्।

उनीहरुले भिजिट नेपाल इयर (भीएनवाई) २०२० को झण्डा बोक्ने बोर्डले जनाएका छ। झण्डामा प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर हुनेछ।

महिलाहरुले पनि कठिन काम गर्न सक्छन् है भन्ने सन्देश दिन यो आरोहण गर्न लागिएको आरोहीले बताएका छन्। तीनै देशका महिलाले सगरमाथाको सफल आरोहण गर्दा अन्य देशका महिलाहरुलाई समेत हौसला हुने उनीहरुको विश्वास छ।

जानकारी तथा लेखहरु