फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ग्रामीण क्षेत्रको पुनरूत्थानको लागि मार्कामा केन्द्रित

(GMT+08:00) 2019-04-17 19:54:16

छोङछिङ शहर चीनको कृषि प्रधान ठूलो शहर हो र ग्रामीण क्षेत्रको पुनरूत्थानलाई अघि बढाउने र गरिबी निवारण सम्बन्धि समस्याको समाधान गर्ने शहर पनि हो। चीनमा पहिलो खेपका विशेषतायुक्त गाउँबस्तीको हैसियतले फुलिङ क्षेत्रको लिन श टाउन्सिपमा स्थानीय ट्रेडमार्का बनाएर उत्पादित वस्तुको मूल्यलाई बढाइरहेको छ।

यसै टाउन्सिपमा अवस्थित च नान चियापत्ति कारखाना सन् १९९८मा स्थापित भएको हो। शुरूमा कालो चियापत्तिको रोपाइ गरिन्थ्यो तर लाभ राम्रो थिएन। सन् २००३मा च च्याङ प्रान्तीय आनचीबाट उच्चगुणस्तरिय सेतो चिया भित्र्याइयो। 'व्यवसाय+सहकार्य+किसान परिवार'को मोडलमा स्थानीय किसानहरूको लागि यसै कारखानाले ५० वटा रोजगारी मौका प्रदान गरिएको छ साथै १० वटा परिवारलाई गरिबी अवस्थाबाट मुक्त पारियो। हालआएर सम्बद्ध काम गर्ने हरेक किसान परिवारले प्रतिवर्ष ६००० चिनियाँ युआन बराबर आम्दानी गर्छ। साथै स्थानीय सरकारले चिया बगानको माटोको सुधार, सिंचाइ प्रबन्ध राख्ने तथा बाटो बनाउने क्षेत्रमा जम्मा गरी ३० लाख चिनियाँ युआन छुट्यायो। आजकल यसै कारखनाबाट उत्पादित उच्च गुणस्तरिय फुलिङ मार्काको सेतो चियाको दाम प्रति केजी ६८०० चिनियाँ युआन बरारब पुगेको छ जसबाट स्थानीय किसानहरूको आम्दानी पनि ठूलो परिमाणमा माथि उकासिएको छ। यस मार्काका सेतो चिया बनाउने प्रक्रियाबारे थाहा पाउन तलको भिडियो हेर्नुहोला।

जानकारी तथा लेखहरु