फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"बेल्ट एण्ड रोड"प्रस्ताव नेपालका लागि लाभदायक रहेको नेपालका राष्ट्रपतिको भनाइ

(GMT+08:00) 2019-04-20 16:53:34
नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो "बेल्ट एण्ड रोड" अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा भाग लिनुहुने छ। अप्रिल अठार तारिख भण्डारीले राष्ट्रपति भवनमा चिनियाँ सञ्चार-माध्यमको संयुक्त अन्तर्वार्ता दिनुभएको छ।

सो अवसरमा भण्डारीले चीनका राष्ट्राध्यक्ष सी चिन फिङले प्रस्तुत गर्नुभएको "बेल्ट एण्ड रोड" प्रस्तावको नेपालले हार्दिक स्वागत गरेको बताउनुभयो। नेपाल विश्वको अति कम विकसित मुलुकहरुमध्येको एक रहेको भन्दै नेपालले आर्थिक तथा प्राविधिक क्षेत्रमा सहयोग चाहेको बताउनुभयो। अन्य मुलुकको सफल अनुभवबाट नेपालले सिक्ने भन्दै "बेल्ट एण्ड रोड" प्रस्ताव नेपालका लागि सिक्ने राम्रो अवसर उपलब्ध गराएको कुरा बताउनुभयो।

भण्डरीकाअनुसार, इतिहासमा चीनको प्रसिद्ध "रेशमी मार्ग" थियो। हाल राष्ट्राध्यक्ष सीले यसलाई नवीकरण गर्नुभयो। "बेल्ट एण्ड रोड" प्रस्तावले अन्तर्राष्ट्रिय सहयोगका लागि नयाँ अध्ययन उघारेको र साँस्कृतिक आदान-प्रदानका लागि सकारात्मक भूमिका निर्वाह गरेको छ।

भण्डारीले चीनको उज्ज्यालो भविश्य रहेको बताउनुभयो। यो प्रकाशमा नेपालको भविश्य पनि आशावादी हुने विश्वास नेपालले लिएको कुरामा उहाँले जोड दिनुभयो।

जानकारी तथा लेखहरु