फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

डब्लु.डी.ओ. को फैसलाबाट कुनै पनि पक्ष विजयी नभएको पुष्टि

(GMT+08:00) 2019-04-21 14:41:27

अमेरिकाले सन् 2016 मा चीनको गहुँ, चामल, मकै गरी तीन किसिमको कृषि उपजको आयात भन्सार कर कोटाको व्यवस्थापन कदमको विवादको समाधान गर्न विश्वव्यापार संगठनमा उजूर दिएको थियो। विश्व व्यापार संगठनले यस बारेमा अप्रिल अठार तारिख फैसला सार्वजनिक गरेको छ। फैसलाअनुसार, चीनले उक्त समस्यामा डब्लु.डी.ओ.को प्रतिबद्धता उल्लंघन गरेको छ। चीनले कोटाको वितरण र पुन वितरणको ठोस अवस्था सार्वजनिक गर्ने दायित्व रहेकोसम्बन्धमा अमेरिकाद्वारा प्रस्तुत गरिएको उजुरलाई विश्व व्यापार संगठनले खारिज गरेको छ।

डब्लु.डी.ओ.का अन्य सदस्य मुलुकसितको व्यापारिक विवादबारे चीनले विश्व व्यापार संगठनको विवाद समाधान व्यवस्थामार्फत समाधान गर्ने अडान लिइरहेको छ। चीन र अमेरिकाबीचको कृषि उपजको विवादबारे विश्व व्यापार संगठनले गरेको फैसलाले बहुपक्षीय व्यापार नियमको संरक्षण गर्ने क्षेत्रमा विश्व व्यापार संगठनको महत्वपूर्ण भूमिका देखाएको छ। उक्त फैसला कुनै पनि पक्षको विजय होइन।

चीन र अमेरिकाबीचको कृषि उपज विवादसम्बन्धी उजुर चीनले सामना गरेको अर्को मुद्दा हो। डब्लु.डी.ओ.का पूर्व महाप्रबन्धक पास्कल लमीले भन्नुभएझैं विश्व व्यापार संगठनका कुनै पनि सदस्यले व्यवहारमा उतार्ने कर्तव्य र दायित्व उत्कृष्ट होइन। विश्व व्यापार संगठनले गरेको फैसलाबारे चीनले निष्ठापूर्वक अनुसन्धान गर्ने छ।

चीनले डब्लु.डी.ओ.प्रारुपमा अरु सदस्यसँग व्यापारिक विवादको समाधान गर्नुलाई सुअवसरको रुपमा राखेर सम्बन्धित कदमलाई निरन्तर रुपमा सामन्जस्यता गर्ने, प्रतिबद्धतालाई व्यवहारमा उतार्ने स्तरलाई उकास्ने र विवादको समाधान गर्ने क्रममा अरु सदस्यसँग छलफल गरी डब्लु.डी.ओ.को सुधारलाई अगाडि बढाउने छ।

जानकारी तथा लेखहरु