फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रीलंकाको राजधानी कोलम्बोमा भयङ्खर विस्फोटमा कम्तीमा 70 को मृत्यु

(GMT+08:00) 2019-04-21 16:07:02

श्रीलंकाको राजधानी कोलम्बोस्थित चर्च, होटेललगायतका धेरै ठाउँहरूमा अप्रिल आज 21 तारिख भयङ्खर विस्फोट भएको छ। श्रीलंकाली सरकारी विभागले 21 तारिख जनाएअनुसार, चर्च, होटेललगायतका धेरै ठाउँहरूमा भएको विस्फोटबाट कम्तीमा 70 जनाको मृत्यु हुनुका साथै 260 जनाभन्दा बढी घाइते भएका छन्।

श्रीलंकाली प्रहारीले जानकारी दिएअनुसार, दुई वटा विस्फोट कोलम्बो शहरस्थित सेन्ट एन्थोनी चर्च र मोफसल क्षेत्रस्थित सेन्ट सेबास्टिआन चर्चमा भएको छ। घाइते भएकाहरूलाई उपचार गर्न अस्पताल लगिएको छ। स्थानीय सञ्चार-माध्यमका अनुसार, कोलम्बोको शांग्रिला होटेल, सिनामोन ग्रान्ड कोलम्बो होटेललगायतका केही पाँच तारे होटलहरूमा पनि विस्फोट भएको छ।

प्रहरीले उक्त विस्फोटको छानबिन गर्न थालिसकेको छ।

श्रीलंकाका लागि चिनियाँ राजदूतावासले चिनियाँ नागरिक उक्त विस्फोटमा हताहत भए नभएको जाँचबुझ हुँदै गरेको बताएको छ। चिनियाँ राजदूतले आकस्मिक कार्य थालिसकेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु