फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इरानसँग जोडिने सिमाको नियन्त्रणमा पाकिस्तानको जोड

(GMT+08:00) 2019-04-21 16:08:39

सशस्त्र तत्वहरूले सिमा पारे गरेर आक्रमण गर्न नदिन पाकिस्तान सरकारले विविध कदम चालेर इरानसँग जोडिने सिमा क्षेत्रको नियन्त्रणलाई सबल पारिरहेको छ। उक्त जानकारी पाकिस्तानी विदेश मन्त्री शाह मोहमद कुरेशीले अप्रिल २० तारिख इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा दिनुभएको हो।

मन्त्री कुरेशीले जनाए अनुसार, पाकिस्तानले चालेका कदमहरूमा सिमा क्षेत्रमा निश्चित मापदण्ड राखेको र सिमा क्षेत्रको नियन्त्रणलाई सबल पार्न विशेष फौजको गठन गरेर गश्ति शक्ति पनि थपिएको छ।

प्राप्त अर्को समाचार अनुसार, पाकिस्तानी विदेश मन्त्री कुरेशी तथा इरानी विदेश मन्त्री जाभाद जारिफ बीच सोही दिन टेलिफोन वार्ता भएको छ। इरानले ती सशस्त्र तत्वहरूको कार्वाहीमा छानबिन गर्न सहमति जनाएको छ।

जानकारी तथा लेखहरु