फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीननेपाल यातायात तथा पारवहन प्रोटोकलमा मन्त्रीस्तरीय हस्ताक्षर हुने

(GMT+08:00) 2019-04-22 15:41:08

नेपाल–चीनबीच दुई बर्षअघि भएको पारवहन सन्धिलाई व्यवस्थित गर्न बनाइएको सम्झौताको प्रोटोकलमा मन्त्रीस्तरीय हस्ताक्षर हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण (११–१९ बैशाख) का क्रममा १६ बैशाखका दिन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने भएको नेपाल खबर अनलाइनले लेखेको छ।

बेइजिङस्थित नेपाली राजदूतावास स्रोतका अनुसार, प्रोटोकलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका यातायातमन्त्री ली सियाओपिङले हस्ताक्षर गर्नुहुनेछ। मन्त्रीस्तरीय हस्ताक्षर हुन लागेको पारवहन प्रोटोकल अनुसार नेपालले चीनका ७ वटा बन्दरगाह प्रयोग गर्न पाउनेछन्।

नेपालले प्रयोग गर्न पाउने सातमध्ये चारवटा बन्दरगाह सामुद्रिक र ३ वटा सुख्खा बन्दरगाह छन्। तीमध्ये थियानचिन, सनचन, लियानयुङक्वाङ्ग र चाङचियाङ्ग सामुद्रिक बन्दरगाह हुन् भने सुख्खा बन्दगाहमा लान्चौ, ल्हासा र सिगात्से छन्।

उपरोक्त चिनियाँ बन्दरगाह हुँदै नेपाल आफ्ना ६ वटा नाकाबाट सामान आयात गर्न सक्नेछ। तिनमा रसुवा, कोदारी, किमाथांका, नेचुङ्ग, यारी र ओलाङ्चुड्ङगोला नाका छन्।

जानकारी तथा लेखहरु