फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका राष्ट्रपतिको चीन भ्रमणअघि चिनियाँ राजदूतको लेख प्रकाशित

(GMT+08:00) 2019-04-22 15:47:34

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ राजदूत हउ यान्छीले नेपाल—चीन सम्बन्धको वर्णन गर्दै एउटा लेख प्रकाशित गर्नु भएको छ। चीनको महत्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनीसीएटीभ (बीआरआई) अन्तर्गतका परियोजनाबारे नेपालमा बहस भइरहँदा उहाँले लेखमार्फत यो विषय प्रस्ट पार्ने प्रयास गर्नु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

नयाँ युग, नयाँ अवसर (न्यु एरा, न्यु अपर्चुनिटी)शीर्षकमा सोमबार रिपब्लिका अंग्रेजी दैनिकमा प्रकाशित करिब नौ सय शब्दको लेखमा भनिएको छ, 'बीआरआई ऋणको चंगुल होइन बरु यो आर्थिक पाइ हो जसबाट स्थानीय जनता लाभान्वित हुनेछन्।' लेखमा उहाँले स्याउ, स्ट्रबेरीसहित विभिन्न फलफूल मिसाएर बनाइने स्वादिलो परिकार पाइलाई बीआरआईसँग तुलना गर्नु भएको छ।

बीआरआई अन्तर्गत केरुङ—काठमाडौं रेलमार्ग निर्माण गर्नेबारे नेपाल-चीनबीच सैद्धान्तिक सहमति भएर प्रारम्भिक अनुसन्धानका कामहरु पूरा भइसकेका छन्। यसको लगानी मोडलमा बहस जारी छ। रेल परियोजना चिनियाँ ऋणमा निर्माण भए त्यसको चंगुलमा नेपाल फस्न सक्ने बहसहरु भइरहेका छन्। वातावरणीय एवं भूराजनीतिक प्रभावका विषयमा समेत बहस चलिरहेको छ।

सो विषयमा स्पष्ट पार्दै उहाँले लेख्नु भएको छ, 'बीआरआई भूराजनीतिक साधन होइन यो त विकास बाँड्ने एउटा महत्वपूर्ण अवसर हो।'

राष्ट्रपति भण्डारी बेइजिङ उड्नुअघि प्रकाशित लेखमा दुई देशबीचको सम्बन्धको विगत, वर्तमान र भविष्य पनि वर्णन गरिएको छ। ऐतिहासिक प्रसंगहरु उल्लेख गर्दै उहाँले नेपाल र चीनबीच घनिष्ट मित्रता रहेको समेत उल्लेख गर्नु भएको छ।

दुई देशबीच आगामी दिनका लागि सम्बन्धका नयाँ आधारहरु समेत उल्लेख गर्दै राजदूत हो यान्छीले भन्नुभएको छ 'चीनको नेपालसहितका छिमेकी मित्रराष्ट्रहरुसँगको सम्बन्ध मित्रता, इमानदारी, दुई पक्षीय लाभ तथा समावेशीताको सिद्धान्तमा भर पर्नेछ।'

जानकारी तथा लेखहरु