फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सगरमाथा चढ्न अनुमति लिनेको संख्या अहिलेसम्मकै बढी

(GMT+08:00) 2019-04-23 13:58:30

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यस वर्ष नेपाल सरकारबाट अनुमति लिने आरोहीको संख्या अहिलेसम्मकै बढी देखिएको छ। पर्यटन विभागका अनुसार यो वसन्त ऋतुमा सगरमाथा चढ्न ३८ टोलीका ३ सय ७५ जनाले सरकारबाट अनुमति लिइसकेको नेपाल खबर अनलाइनले लेखेको छ।

यो सोमबारसम्मको तथ्यांक हो। आरोही आउने क्रम जारी रहेकाले यो संख्या अझै बढ्न सक्ने विभागले जनाएको छ। सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीहरूको संख्या बर्सेनि बढ्दै गएको छ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार यसअघि सन् २०१७ मा सगरमाथा आरोहण गर्नेको धेरै भिड लागेको थियो। त्यतिबेला ३ सय ७२ जनाले आरोहण अनुमति लिएका थिए।

यो वसन्त ऋतुमा नेपालका झन्डै ३० हिमाल चढ्न करिब ८ सय आरोहीले अनुमति लिएका छन्।

यस वर्ष सगरमाथासँगै ल्होत्से, नुप्से, आमादब्लम र अन्य साना हिमाल आरोहणका लागि अनुमति लिने पनि बढेका छन्।

जानकारी तथा लेखहरु