फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बीआरआईलाई नेपालले उच्च महत्व दिएको – चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल

(GMT+08:00) 2019-04-23 17:15:29

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकीय भ्रमणअघि सीआरआई नेपाली सेवाले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालसँग भ्रमणको तयारी तथा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत नेपाल-चीन सम्बन्धमा अन्तर्वार्ता लिएको छ।

राजदूत लीलामणि पौड्यालले चीनले आयोजना गर्ने बीआरआई दोस्रो अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा नेपालको तर्फबाट राष्ट्रपतिको सहभागिताले उच्च महत्व दिएको बताउनुभयो। उहाँले भन्नुभयो- यो बीआरआईलाई नेपालले धेरै महत्व दिएको छ भन्ने उदाहरण हो। यो अभियानमार्फत नेपाल चीनसँग पूर्वाधार विकास, नेपालका अर्थतन्त्रका अरू आयामहरूको विकास, चीन र नेपालबीच जनस्तर सम्बन्धको सम्पर्कको विकास, पर्यटन तथा संस्कृतिको विकासका माध्यमबाट सहकार्य गरी साझा समृद्धिका लक्ष्य हासिल गर्न चाहन्छ।

चीनले विगत चालिस वर्षमा विकासको माध्यमबाट धेरै ठूलो अनुभव, ज्ञान, क्षमता, सामर्थ्य हासिल गरेको छ र त्यो चीनले आफूले हासिल गरेको विकासलाई छिमेकी मुलुकसँग बाँड्न चाहेको पनि राजदूत पौड्यालले बताउनुभयो। उहाँले भन्नुभयो- चीनले आफ्नो विकासलाई निरन्तर अघि बढाउनुका साथै छिमेकीको विकासलाई पनि सँगसँगै अगाडि बढाउन योगदान दिन चाहन्छ र बीआरआईको मुख्य ध्येय पनि यही नै हो भन्ने लाग्छ। त्यसका लागि प्रमुख प्राथमिकता भनेको जोड्ने नै हो। त्यसमा पनि आधुनिक पूर्वाधार, यातायात सञ्जाल, रेलमार्ग, हवाइसम्पर्क, सञ्चार सम्पर्कको विस्तारबाट सम्पर्क बढाउने र यी माध्यमबाट सम्पर्क बढाएपछि देशभित्र आर्थिक अवसरका खोजी गर्ने र ती आर्थिक अवसरलाई दुवै देशको हीतका लागि अगाडि बढाउने र त्यसले साझा समृद्धि ल्याउँछ र प्राप्त उपलब्धि र प्रतिफललाई साझा रूपम बाँड्न सक्यौं भने त्यसले समझदारी बढाउँछ। त्यसकारण चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभएजस्तै यो साझा भाग्य समाज निर्माणको अभियानमा पनि यसले योगदान दिनसक्छ र हामी त्यसैको अपेक्षामा छौं।

चिनियाँ राष्ट्राध्यक्ष सीको निमन्त्रणामा बीआरआई दोस्रो अन्तर्राष्ट्रिय शिखर सम्मेलनको अवसर पारेर वैशाख ११ गतेबाट राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको पहिलो राजकीय भ्रमण गर्न लागेकी हुन्।

जानकारी तथा लेखहरु