फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीद्बारा पैचिङ येन छि हु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पत्रकार सम्मेलन

(GMT+08:00) 2019-04-27 18:50:54

आज अप्रिल २७ तारिख दिउँसो दोस्रो "बेल्ट एण्ड रोड" सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्च अन्तर्गत गोलमेच शिखर सम्मेलन सम्पन्न भएपछि चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पैचिङ येन छि ताल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पत्रकार सम्मेलन गर्दै उच्च मञ्चमा प्राप्त मुख्य प्रतिफलबारे जानकारी दिनुभएको छ।

पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो: महिला तथा सज्जन बृन्द र पत्रकार साथीहरू, सबैलाई नमस्कार। दोस्रो "बेल्ट एण्ड रोड" सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चको पत्रकार सम्मेलनमा सहभागी भएकोमा तपाईंहरूलाई स्वागत गर्न चाहन्छु। सँगै मिलेर"बेल्ट एण्ड रोड" को निर्माण प्रस्ताव प्रस्तुत गरिएको पाँच वर्षयता प्रेस जगत र मिडिया संस्थाका साथीहरूले विस्तृत रुपमा त्यसलाई महत्व दिँदै आएका छन्। यस पटकको शिखर मञ्च शुरुदेखि नै पत्रकार साथीहरूले लगातार रुपमा शिखर मञ्चमा नजर पुर्‍याउँदै त्यसको रिपोर्ट गरी विविध मनोरञ्जनात्मक क्षणको सङ्कलन गरेका छन्। चीन सरकार र मञ्चमा सहभागी विभिन्न देशका प्रतिनिधिहरूको तर्फबाट म ती पत्रकार साथीहरूलाई हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु।

जानकारी तथा लेखहरु