फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विद्युतीय सवारी प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल विद्युत प्राधिकरणले चार्जिङ स्टेसन स्थापना गर्ने

(GMT+08:00) 2019-05-05 16:08:23

नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारी प्रवर्द्धन गर्ने उद्देश्यसहित आफैंले चार्जिङ स्टेसन स्थापना गर्ने भएको छ। पहिलो चरणमा काठमाडौंमा १० स्थानमा साना सवारीको चार्जिङ स्टेसन स्थापना गर्न प्रक्रिया अघि बढेको हो। यसमा ठूला बस लगायतका सवारी पनि चार्ज गर्न सकिनेछ।

प्राधिकरणले एक सूचना जारी गर्दै शहरका मुख्य भागहरुमा स्टेसन निर्माणका लागि स्थान उपलब्ध गराउन ब्यापारिक, कम्प्लेक्स, सिनेमा हल, सुपर मार्केट, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल, अस्पताल लगायतलाई आग्रह गरेको छ।

विशेष गरी धेरै चहल–पहल हुने शहरी क्षेत्रमा पहिलो चरणमा 'डीसी बुस्ट चार्जिङ स्टेसन' राख्न लागिएको ऊर्जा दक्षता विभागका सहायक प्रवन्धक सागरमणि ज्ञावालीले जानकारी दिनुभयो।

यस्ता चार्जिङ स्टेसनका लागि तीनवटा गाडी एकैपटक चार्ज गर्न सकिने ठाउँ उपलब्ध हुनुपर्नेछ । यस्तै ५० वटा गाडी पार्किङको सुविधा भएका ठाउँलाई मात्र चार्जिङ स्टेसनका लागि छनोट गर्ने बताइएको छ।

हाल पहिलो चरणमा १० चार्जिङ स्टेसनका लागि कन्ट्रोल रुमसहति १० करोड लगानी गर्ने योजना छ। चार्जिङ स्टेसनका उपकरण खरिदका लागि केही दिनमै बोलपत्र आह्वान गरिने ज्ञावालीले बताउनुभयो। गोरखापत्र अनलाइनका अनुसार अबको ६ महिनामा उपत्यकाभित्र चार्जिङ स्टेसन खालिसक्ने योजना छ।

जानकारी तथा लेखहरु