फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा नेपाल पर्यटन प्रवर्द्धन सुरू

(GMT+08:00) 2019-05-06 18:33:58

नेपाल पर्यटन बोर्ड तथा चीनको लागि नेपाली दूताबास एवं मकाउ पर्यटन पत्रिका लक्सटुरिजमको संयुक्त सहयोगमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम मे ६ तारिख शानतुङ प्रान्तीय चिनान, ८ तारिख च्याङसु प्रान्तीय नानचिङ तथा १० तारिख चच्याङ प्रान्तीय हाङचौ गरी चीनका ३ वटा शहरमा संचालन हुनेछ। नेपाल पर्यटन वर्ष २०२० का लागि अझ बढी चिनियाँ पर्यटकहरूलाई आकर्षित गराउन सो प्रवर्द्धन कार्यक्रम आयोजना भएको हो।

विश्वमा सबभन्दा ठूलो विदेश भ्रमण पर्यटन बजार चीनबाट नेपाल पर्यटन वर्ष २०२०मा थप जीवन्त शक्ति थपिने विश्वास गरिएको छ। थाहा भए अनुसार, सन् २००० मा नेपाल भ्रमण गरेका चिनियाँ पर्यटकको संख्या ५ हजार १ सय ६० थियो र सन् २०१८ सम्म सो संख्या १ लाख ५३ हजार ६०२ पुगेको छ। चालु वर्ष सन् २०१९ मा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूको संख्या गत वर्षको भन्दा बढ्ने अनुमान गरिएको छ।

1  2  3  
जानकारी तथा लेखहरु