फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेल्ट एण्ड रोडसम्बन्धी देश तथा क्षेत्र महत्वपूर्ण व्यापार प्लट

(GMT+08:00) 2019-05-07 17:26:09

चिनियाँ अन्तर्राष्ट्रिय आर्थिक आदान-प्रदान केन्द्र, अन्तर्राष्ट्रिय अर्थतन्त्र तथा व्यापार विश्वविद्यालय, रेफिन्टिभ, चिनियाँ राष्ट्रिय विकास बैंक अन्तर्गत अध्ययन विभागलगायत चिनियाँ तथा विदेशी थिङ्क ट्याङ्कले मे ७ तारिख संयुक्त रूपमा बेल्ट एण्ड रोड व्यापार तथा लगानी सूचकाङ्क प्रतिवेदन सार्वजनिक गरेका छन्। प्रतिवेदनले बेल्ट एण्ड रोडसम्बन्धी ४१ वटा देश छानेर मात्रा, सुविधा, जोखिम र निहितशक्तिलगायत चार पक्षबाट बेल्ट एण्ड रोडसम्बन्धी व्यापार तथा लगानी अवस्था र भावी प्रवृतिबारे चौतर्फी मूल्याङ्कन र विश्लेषण गरेको छ।

उक्त प्रतिवेदनका अनुसार, बेल्ट एण्ड रोड निर्माणले स्पष्ट र सक्रिय उपलब्धि हासिल गरिसकेको छ। सम्बन्धित देशहरूबीच व्यापारिक आदान-प्रदान बढ्नुका साथै लगानीको सहयोग क्रमशः गहन पारेर हात मिलाउँदै साझा विजयका साथमा साझा विकास उदेश्यलाई क्रमशः साकार तुल्याउँदै बेल्ट एण्ड रोडसम्बन्धी वृद्धि लाभांश क्रमशः स्पष्ट देखिन्छ।

व्यापार सूचकांकको नामावलीमा चीन पहिलो स्थानमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। व्यापारिक मात्रा र व्यापारिक निहित शक्ति व्यापार सूचकांकमा मुख्य कारक तत्व हुन्। त्यसपछि सिंगापुर, भारत, संयुक्त अरब इमिरेट्स र मलेशिया उक्त सूचकांक नामावलीमा दोस्रोदेखि पाँचौं स्थानमा रहेका छन्। बेल्ट एण्ड रोड व्यापारिक सहयोग सम्बन्धमा चीन, सिंगापुर र भारतले साझा रूपमा सकारात्मक नेतृत्व भूमिका खेलिरहेका छन्।

प्रतिवेदनमा बेल्ट एण्ड रोड प्रस्ताव प्रस्तुत भएदेखि छ वर्षयता व्यापारिक स्वतन्त्रता सुविधालाई तीब्र पारिनुका साथै व्यापारिक जोखिम घटाउने प्रवृति पनि देखाइएको छ।

विशेष गरी बेल्ट एण्ड रोड अर्थव्यवस्थाको समग्र महत्व दिन प्रतिदिन बढ्दैआएको छ। आन्तरिक व्यापार मात्राबाट हेर्दा बेल्ट एण्ड रोडसम्बन्धी देश तथा क्षेत्र उत्तर अमेरिका स्वतन्त्र व्यापार क्षेत्रभन्दा बढी भएर यूरोपेली संघपछि दोस्रो व्यापार प्लेट बनेको छ। लगानीबाट हेर्दा बेल्ट एण्ड रोडसम्बन्धी देश तथा क्षेत्र विश्वमा सबैभन्दा महत्वपूर्ण वैदेशिक लगानी गर्ने क्षेत्र बनेको छ।

भविष्यमा बेल्ट एण्ड रोडसम्बन्धी देश तथा क्षेत्र विश्वव्यापी रूपमा नयाँ व्यापार तथा लगानी वृद्धि केन्द्रहरूमध्येको एक बन्ने अनुमान उक्त प्रतिवेदनले गरेको छ। तर व्यापार तथा लगानीको सुविधालाई बढाउने, आधारभूत प्रबन्धको कम्जोरलाई पूरा पार्ने, मूल्य शृङ्खलाको सहयोगलाई उकास्ने र अन्तर-क्षेत्रीय असंतुलनलाई कम पार्ने क्षेत्रमा ती देशहरू र क्षेत्रले अन्तर्राष्ट्रिय सहयोगलाई सबल पार्नुपर्छ।

जानकारी तथा लेखहरु