फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

न्युजिल्याण्ड चीन ल्याटिन-अमेरिका क्षेत्रसँग सम्पर्क राख्ने हप बन्न सक्ने

(GMT+08:00) 2019-05-07 20:09:56

गत मार्च महिनामा न्युजिल्याण्डको निर्यात परिमाण एकै महिनामा ५ अर्ब ७० करोड अमेरिकी डलर पुगेर महिनामा सबभन्दा ठूलो रेकर्ड सिर्जना भएको छ जुन चीनलाई निर्यातको बृद्धिबाट लाभान्वित भएको हो। वास्तवमा अस्ट्रेलियालाई नाघेर चीन न्युजिल्याण्डको सबभन्दा ठूलो व्यापार साझेदार, सबभन्दा ठूलो निर्यात बजार बनेको छ।

चीनप्रति न्युजिल्याण्डको नीति बुद्धिमानी र वस्तुगत छः न्युजिल्याण्ड चीनसँग 'स्वतन्त्र व्यापार सन्धि' हस्ताक्षर गरेको पहिलो पश्चिमी समुदाय मुलुक हो। साथै न्युजिल्याण्डले लामो समयअधि नै बेल्ट एण्ड रोड अवधारणामा प्रवेश गरिसकेको छ। हाल न्युजिल्याण्ड, रूस लगायतका ६ वटा मुलुकले बीआरआईमा आबद्ध मुलुकहरूको लेखा मापदण्डबारे छलफल गरिरहेका छन्।

साथै न्युजिल्याण्डले एउटा विशाल योजना बनाइ रहेको छः चीनबाट न्युजिल्याण्ड हुँदै ल्याटिन-अमेरिका क्षेत्रसँग जोडिने हवाइ र समुद्री ढुवानी रूटको निर्माण। बीआरआई प्रारूपमा यस योजनाबाट न्युजिल्याण्डलाई एशिया तथा ल्याटिन-अमेरिका बीच एउटा महत्वपूर्ण यातायात र व्यापारिक हप बनाइदिने सम्भावना छ। यस योजनाको कार्यन्वयन भएमा न्युजिल्याण्डको सामु विशाल मौका देखा पर्ने विश्वास गरिएको छ।

न्युजिल्याण्डका लागि चिनियाँ राजदूत उ सीले हालै भन्नुभएको छः बीआरआईबाट चीन र न्युजिल्याण्ड सहयोगात्मक सम्बन्धको लागि सान्दर्भिक प्रारूप प्रदान गरिन्छ। आर्थिक क्षेत्रमा दुई देश एकले अर्काको आपूर्ति दिन्छ। चीन-न्युजिल्याण्ड सम्बन्धबाट के प्रष्ट्याइन्छ भने स्वतन्त्र र निष्पक्ष दौत्य विचारको आधारमा सहयोग र साझा बिजयी पाउने मौका हराउँदैन।

जानकारी तथा लेखहरु