फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ बन्दरगाहको अध्ययन गर्न नेपाली टोली चीन जाँदै

(GMT+08:00) 2019-05-08 13:23:48

नेपाल–चीन पारवहन ढुवानी सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएपछि त्यसको कार्यान्वयनमा नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय जुटेको छ। सम्झौताअनुसार चीनसँग गर्ने व्यापार र चीन हुँदै तेस्रो मुलुकसँग गर्ने व्यापारमा लागत, समय र प्राविधिक अवस्थाको बारेमा अध्ययन गर्न दुई टोली चीन जानलागेको नेपाल खबर अनलाइनले लेखेको छ।

केही दिनमा नै चीनतर्फ प्रस्थान गर्ने टोलीले सम्झौताअनुसार नेपालले प्राप्त गरेको बन्दरगाह र त्यसको प्रगोग गर्नुपर्दा आवश्यक पर्ने भौतिक पूर्वाधारसम्मको अध्ययन गरेर फर्किने मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, 'नेपालको सवारी चीनको सिगात्सेसम्मा जाने सम्झौता भएको छ। त्यसको लागि पनि प्राविधिक प्रक्रियाहरु हुनसक्छन्। के–के कुराहरु नेपालले अपनाउनुपर्ने हुन्छ, नेपालबाट जाने उक्त टोलीले जानकारी लिएर फर्किनेछ।' त्यसपछि मन्त्रालयले नेपालको व्यवसायीसँग छलफल गर्ने उहाँले बताउनुभयो। उक्त अध्ययन र नेपाली व्यवसयीसँगको छलफल करिब १ महिनाभित्र सकिने र सम्झौताअनुसारको प्रयोग त्यसपछि अघि बढ्ने उहाँको भनाइ छ।

सचिव अधिकारीका अनुसार सम्झौतामा नेपालले चीनको हरेक सामुद्रिक बन्दरगाह प्रयोग गर्न सक्नेछ। तर पनि नेपालले हाललाई थियान्चिन, सनचन, लियानयुङकाङ, चाङचियाङ प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। त्यस्तै सुख्खा बन्दरगाहमा लान्चौ, ल्हासा र सिगात्सेको प्रयोग गर्न सकिने व्यवस्था छ।

यसमा पनि सबैभन्दा राम्रो पक्ष भनेको नेपालले सामान आयातनिर्यात गर्दा रुटको फलो गर्नु नपर्ने सम्झौतामा उल्लेख छ। मन्त्रालयका सहसचिव नवराज ढकालका अनुसार नेपालले आफ्नो सहजता तथा राम्रो बाटो हेरेर सामान आयातनिर्यात गर्न सक्ने सहमति भएको छ। त्यसकारणले यो पनि नेपाली टोली चीन जानलागेको उहाँले जानकारी गराउनुभयो।

प्रोटोकलमा सम्झौता गरेपछि कार्यान्वयन कसरी अघि बढाउने र चीनसँगको नाकासम्म बाटोलगायत अन्य पूर्वाधार निर्माण तथा विकास कसरी गर्ने भन्ने प्रक्रिया मात्रै बाँकी रहेको सहसचिव ढकालको भनाइ छ।

नेपालले चीन हुँदै तेस्रो मुलुकसँगको व्यापार गर्दा रसुवागढी, कोदारी र यारी नाकाको प्रयोग गर्नुपर्नेछ। सम्झौतामा ६ वटा नाका प्रयोग गर्न सकिने उल्लेख भएअनुसार तीन नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विकास गर्न लागेको मन्त्रालयले जनाएको छ। दुईपक्षीय (नेपाल र चीन) नाकाको रुपमा मात्रै भने किमाथाङ्का, नेचुङ र ओलाङ्चुङ्गोलाई प्रयोग गरिने भएको छ।

त्यस्तै नेपालले चीनसँग तथा तेस्रो मुलुकसाग व्यापार गर्दा रेल, मोटरगाडी तथा पानीजहाजलगायतको प्रयोग गर्न सकिनेछ। यसको मतलब नेपालले आफ्नो पानी जहाज, रेल रहेकोको खण्डमा पनि चीनमा प्रयोगमा ल्याउन सकिने अवस्था रहेको मन्त्रालयले जनाएको छ।

https://nepalkhabar.com/np/news/business/61427/

जानकारी तथा लेखहरु