फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिकाको आर्थिक तथा व्यापारिक संघर्ष कायमै

(GMT+08:00) 2019-05-11 14:39:41

एघारौँ चीन-अमेरिका आर्थिक-व्यापारिक उच्चस्तरीय छलफल मे 10 तारिख शुक्रबार वाशिङ्टनमा सम्पन्न भएको छ। दुईपक्षले तुलनात्मक रूपमा राम्ररी वैचारिक आदान-प्रदान र सहयोग गरेका थिए। सम्झौदा-वार्ता पूर्ण रुपमा नतिजामा भने पुग्न सकेन। बरु यो वार्ता निकै कठिन अवस्थामा भएको छ। छलफलको भविष्यबारे चीनले सावधानीका साथ आशावादी धारणा लिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवं राज्य परिषद्का उप प्रधानमन्त्री तथा चीन-अमेरिका चौतर्फी आर्थिक सम्झौता-वार्ता सम्बन्धी चिनियाँ निर्देशक लिउ हले छलफलपछि अन्तर्वार्ता दिँदै उक्त कुरा बताउनुभएको हो। दुई पक्षका आर्थिक तथा व्यापारिक टोलीले पैचिङमा निरन्तर आदान-प्रदान गरेर छलफललाई अगाडि बढाउने जनाइएको छ।

यसअघि वाशिङ्टन समयअनुसार मे 10 तारिख अमेरिकाले दुई खर्ब अमेरिकी डलरको चिनियाँ सामानमा भन्सार कर 10 प्रतिदेशबाट बढाएर 25 प्रतिशत पुर्‍याउने निर्णय गरेको छ। जवाफमा त्यसको 2 मिनेटपछि चीनले वक्तव्य प्रकाशित गरेर बाध्यवश जवाफी कदम चाल्ने घोषणा गरेको छ।

यस्तो अवस्था आश्चर्यजनक चाहिँ होइन। किनकि गत वर्षको फेब्रुअरी महिनायता चीन र अमेरिका बीच आर्थिक-व्यापारिक छलफल एघारपटक भइसकेको छ। यद्यपि केही महत्वपूर्ण प्रगति हासिल भएतापनि धेरैपटक बारम्बार वार्ता र संघर्ष वा वार्ता भइरहेका छन्। चीन र अमेरिकाले आर्थिक तथा व्यापारिक संघर्षको सामना गर्ने तरिका र सामान्य अवस्था हुने सम्भावना छ। छलफलअघि अमेरिकाले भन्सार कर थप्ने घोषणा गर्‍यो। त्यसैले बाह्य पक्षलाई वार्ता बिग्रने चिन्ता थियो। यस्तो दवावमा चिनियाँ प्रतिनिधि मण्डलले निर्धारित योजनाबमोजिम छलफलमा भाग लिएको छ। यस गतिवधिले समस्याको समाधान गर्ने सबैभन्दा ठूलो सदिच्छा र दुई देश तथा विश्वका जनताको हितका लागि जिम्मेवारपूर्ण धारणा व्यक्त गरेको छ। तर चीनले सम्झौताका केही विषयबारे पुनः छलफल गर्ने प्रस्ताव गरेपछि अमेरिकाले चीनको आलोचना गर्दै नतिजा नआउनुमा चीन जिम्मेवार रहेको भनेर आरोप लगाएको छ। अमेरिकाको यस्तो व्यवहार असमान र पक्षपाती छ।

एकातिर सम्झौता-वार्ता वैचारिक आदान-प्रदान, समस्याको समाधान, सहमति प्राप्त गर्ने क्रममा छन्। दुई पक्षका विभिन्न धारणा सामान्य हुनुका साथै सन्धि प्राप्तअघि केही कुरा परिवर्तन हुनु पनि सामान्य हो।

अर्कातिर अमेरिकाले चीनको अडान परिवर्तन भएको भनी आलोचना गरेको छ। हालसम्म तथाकथित चिनियाँ वचन अमेरिकी एकपक्षबाट सुनाइएको हो। चीनले अमेरिकी आर्थिक तथा व्यापारिक चासो पूरा गर्छ कि भन्ने विषय अमेरिकाले सधैं टिप्पणी गर्दैआएको छ। तर आफूले चीनको चासो पूरा गर्ने विषयबारे कुनै विचार आएको छैन। यो आपसी सम्मान, समान र हितकर वार्ता सिद्धान्तको विपरीत छ। फलस्वरुप यो वार्ताबाट कुनै प्रगति हासिल नभएको मुख्य कारण पनि हो।

भविष्यमा मतभेदलाई कम पार्नुका साथै सहमति विस्तार गरेर छलफललाई अगाडि बढाउनका लागि चीनले सधैँ सदिच्छा र प्रयासमा अमेरिकासँग आदान-प्रदानलाई कायम राख्नेछ।

जानकारी तथा लेखहरु