फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशियाली सभ्यता क्रूज र एशियाली खाना महोत्सव पैचिङमा आयोजना हुने

(GMT+08:00) 2019-05-12 15:11:01

पैचिङ शहरीय संस्कृति तथा पर्यटन ब्युरोबाट प्राप्त जानकारीअनुसार, एशिया सभ्यता संवाद सम्मेलनको समर्थन गतिविधिहरू अर्थात एशियाली सभ्यता क्रूज र एशियाली खाद्य महोत्सव मे 16 तारिखदेखि 22सम्म पैचिङस्थित ओलम्पिक पार्कमा आयोजना हुनेछ।

एशियाली सभ्यता क्रूजको मुख्य विषय एशिया सभ्यता, विश्वको मेलमिलाप भन्ने रहेको छ। बंग्लादेश, कम्बोडिया, भारत, जोर्डन, कजाकिस्तान, लाओस, लेबनान, रूस, नेपाल, फिलिन्पिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया, थाइल्याण्ड, टर्की, भियत्नामलगायत 16 मुलुकका प्रदर्शन टोली र चीनका 28 क्षेत्रका प्रदर्शन टोलीले नाचगान गर्दै पार्कमा आफ्नो प्रदर्शनी देखाउनेछन्।

एशियाली खाद्य महोत्सवको मुख्य विषयवस्तु एशियाली खानासँगै राजधानी पैचिङको सुन्दर दृश्य र संस्कृतिको प्रदर्शनको अनुभव भन्ने रहेको छ।

सो अवसरमा सर्वसाधारणले एशियाका विविध संस्कृति र सभ्यताको अनुभव गर्न सक्नेछन्।

जानकारी तथा लेखहरु