फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भियतनाम भ्रमणका क्रममा प्रधानमन्त्री ओलीद्वारा लुम्बिनी भ्रमणको निम्तो

(GMT+08:00) 2019-05-13 18:28:11
प्रधानमन्त्री केपी ओलीले विश्वका बौद्ध धर्मावलम्बीलाई एक पटक लुम्बिनीको भ्रमण गर्न आह्वान गर्नुभएको छ। भियतनामको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रसंघीय 'वैशाख डे' कार्यक्रममा सय भन्दा बढी मुलुकबाट उपस्थित नेता, भिक्षु तथा अधिकारी समक्ष त्यस्तो आह्वान गर्नुभएको हो। वैशाख डेका अवसरमा भियतनाम सरकार तथा राष्ट्रिय भियतनाम बौद्ध संघले हा नाम प्रान्तमा आइतबार कार्यक्रम आयोजना गरेको हो। प्रधानमन्त्री त्यही कार्यक्रममा गौतम बुद्धको जन्मस्थल रहेको मुलुकबाट विशेष अतिथिका रूपमा सहभागी हुनुभएको हो।

नेपाल बौद्धदर्शनको पनि उत्पत्तिस्थल भएकाले सबै बौद्ध धर्मावलम्बीले आफ्नो जीवनमा एक पटक लुम्बिनीको भ्रमण गर्दा सार्थकता पाउने भन्दै यस्तो भ्रमणका लागि प्रधानमन्त्रीले सबैलाई आग्रह गर्नुभयो।'बौद्ध धर्मावलम्बीको विश्व नेतृत्वतर्फ प्रयास र दीगो विकासका लागि जिम्मेवारी साझेदारी' नाराका साथ कार्यक्रम आरम्भ भएको थियो।

कार्यक्रममा प्रधानमन्त्रीले नेपाल भ्रमण वर्ष २०२० मा नेपालमा वैशाख डे मनाउने समेत धारणा राख्नुभयो। राष्ट्रसंघले त्यो अनुमोदन गरे राष्ट्रसंघीय, नभए नेपाल स्तरबाट सम्मेलन हुनेछ। विश्वका १ सय १२ मुलुकबाट करिब १० हजार प्रतिनिधि कार्यक्रममा सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। अन्नपूर्ण पोस्टका अनुसार त्यहाँको भ्रमण सकी प्रधानमन्त्री कम्बोडिया जानुभएको छ।

जानकारी तथा लेखहरु