फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काष्ठ सामग्री सम्बन्धी एक्स्पो हुँदै

(GMT+08:00) 2019-05-13 18:28:46
फर्निचर तथा फर्निसिङ एक्स्पो 'फर्नेक्स' आगामी भदौ अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघले पाँच दिनसम्म एक्स्पो सञ्चालन गर्ने जनाएको हो।

संघको आयोजनामा विगत ६ वर्षदेखि फर्निचर तथा फर्निसिङ एक्स्पो हुँदै आएको छ। सातौं संस्करणको एक्स्पो आगामी भदौ २५ देखि २९ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको हो। बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने बताइएको छ।

मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनबारे जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष रुपेश प्रधानले बताउनुभयो।

नागरिकन्यूज डटकमका अनुसार एक्स्पोमा स्वदेशी तथा विदेशी गरी डेढ सय फर्निचर र फर्निसिङजन्य सामग्रीका स्टल रहने छन्।

जानकारी तथा लेखहरु