फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको आफ्नै रेल करीब ५ महिनापछि संचालनमा आउने

(GMT+08:00) 2019-05-13 18:29:45
सरकारले किन्न लागेको डिजेल इलेक्ट्रिक मल्टियुनिट (डिइएमयु) २ वटा रेल आगामी दशैंमा नेपाल आउने भएका छन्। भारतसँग खरिद सम्झौता भएको रेल आगामी असोज सम्ममा नेपाल आइसक्ने रेल विभागका महानिर्देशक बलराम रिजालले जानकारी दिनुभयो।

शुक्रबार नेपालका तर्फबाट रेल विभागका महानिर्देशक मिश्र र भारतका तर्फबाट कोंकण रेलवे कर्पोरेसन लिमिटेडका चिफ म्यानेजिङ डाईरेक्टर संजय गुप्ताबीच डिजेल इलेक्ट्रिक मल्टियुनिट (डिइएमयु) मा आधारित रेल खरिद गर्न सम्झौता भएको थियो।

महानिर्देशक रिजालका अनुसार नेपालमा रेल आए पछि सञ्चालन पनि साथसाथै हुने छ। अहिलेदेखि नै सञ्चालनको तयारी थालिने र रेल भित्रिएको केही दिनमा नै जयनगर–जनकपुर हुँदै कुर्थासम्म सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो। यो मार्ग बर्दिबाससम्म सञ्चालन हुने छ। यसको दुरी ५९ किलोमिटरको छ तर हाल ३५ किलोमिटरसम्म मात्रै सञ्चालन हुने छ।

रिजालका अनुसार नेपालले गत ४ महिना देखि रेल खरिद सम्झौता गर्न खोजे पनि भारतमा निर्वाचनको सयम परेकोले केही ढिला भएको हो। तर पनि लामो सयम रेलको लागि पर्खिएका नेपालीले अब ४।५ महिना पर्खिएपछि आफ्नै रेल प्रयोग गर्न पाउने छन्। एउटा रेलमा पाँच डिब्बा रहने नेपालखबर अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु