फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको तीन नम्बर प्रदेश र चीनको कान्सु प्रान्तबीच समझदारी

(GMT+08:00) 2019-05-14 20:13:37
आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रादेशिक तहदेखि अभिवृद्धि गर्ने उद्देश्यले प्रदेश नं ३ र चीनको कान्सु प्रान्तबीच जनस्तरमा सम्बन्ध विकास गर्ने समझदारी भएको छ।

काठमाडौँ महानगरपालिका र लान्चौ नगरबीच भगेनी सम्बन्ध विस्तार गरी स्थानीय तहमा द्विपक्षीय हितमा कार्य गर्ने समझदारी भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा प्रादेशिक तहको समझदारीमा मुख्यमन्त्री डोरमणि पौडेल र गभर्नर थाङ रनच्यान तथा महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख मा छाइयुनले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको गोरखापत्र अनलाइनले जनाएको छ।

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले दुवै मुलुकका जनताको आर्थिक विकास र समृद्धिका लागि लगानीका नयाँ सम्भावना र क्षेत्रको खोजी गर्नुपर्ने बताउनुभयो। मुख्यमन्त्री पौडेलले उक्त समझदारीले आफ्नो प्रदेशमा जैविक विविधताका साथै प्राकृतिक स्रोत, खनिज पदार्थ रहेको र लगानीका पर्याप्त सम्भावना रहेकाले त्यसलाई सदुपयोग गर्न आग्रह गर्नुभयो।

उहाँका समकक्षी गभर्नर रनच्यानले आफ्नो प्रान्तका प्राकृतिक स्रोतका साथै विकासका विभिन्न आयामकाबारे बताउनुभयो। महानगर प्रमुख शाक्यले दुवै पक्षबीच विभिन्न छलफलपछि गरिएको समझदारीले कृषि, ऊर्जा, पर्यटनलाई विकास गर्ने विषयलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो। उपप्रमुख काइयुनले दुवै मुलुकबीचको पुरानो सम्बन्धलाई जनस्तरबाट प्रवर्द्धन गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु