फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस सिजनको पहिलो नेपाली टोली विश्वको चौथो अग्लो हिमाल ल्होत्सेमा

(GMT+08:00) 2019-05-14 20:14:31
यस सिजनको पहिलो नेपाली टोली मंगलबार बिहान ९ बजेर ४७ मिनेटमा विश्वको चौथो अग्लो हिमाल ल्होत्सेको चुचुरोमा पुगेको छ।

सगरमाथा आधार शिविरबाट सर्म्पक अधिकृत ज्ञानेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार, उनीहरु बाटो बनाउँदै चुचुरोमा पुगेका हुन्। कान्तिपुर अनलाइनका अनुसार ल्होत्से हिमाल सगरमाथा, पाकिस्तानको केटू र कंचजंघापछीको विश्वकै चौथो अग्लो हिमाल हो।

चुचुरोमा पुग्नेमा दोलखा रोलवालिङका किली पेम्बा शेर्पा, तामतिङ शेर्पा तथा थामे सोलुका पेम्बा छोटे शेर्पा, आङ जाङ्बु शेर्पा र डेन्डी शेर्पा छन्। सगरमाथासँग जोडिएको ल्होत्से ८ हजार ५ सय १६ मिटर अग्लो छ।

जानकारी तथा लेखहरु