फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतमा लोकसभाको चुनावका कारण नेपालको तरकारी महँगो

(GMT+08:00) 2019-05-14 20:14:59
भारतमा जारी लोकसभाको चुनावको प्रभाव नेपालको भान्सासम्म परेको छ। विभिन्न राज्यमा छुट्टाछुट्टै भएको चुनावका लागि नेपाल–भारतबीतको नाका बन्द हुँदा तरकारी आयात रोकिएकाले तरकारीको मूल्य शतप्रतिशतदेखि १५८ प्रतिशतसम्मले बढेको हो। भारतीय बजारबाट ल्याइने स्याउलगायतका फलफूलको मूल्यसमेत आकासिएको छ।

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको आइतबारको मूल्यसूचीअनुसार भान्साको अनिवार्य उपज गोलभेडा (ठूलो) को थोक मूल्य नै प्रतिकिलो ९५ देखि १०० रुपैयाँसम्म छ भने सानो गोलभेडाको थोक मूल्य ८५ देखि ९० रुपैयाँ प्रतिकिलोसम्म छ। ठूलो गोलभेडाको मूल्य गत वर्षको यही अवधिको तुलनामा १५८ बढी हो भने सानो गोलभेडाको मूल्य २८२ प्रतिशत महँगो हो । गत वर्ष यही अवधिमा ठूलो गोलभेडा ३८ रुपैयाँ र सानो गोलभेडा २३ रुपैयाँ किलो थियो।

कारोबार अनलाइनका अनुसार भारतका ३६ वटा राज्यमा अप्रिल ११ तारिकदेखि मेको १९ सम्म सात चरणमा चुनाव भइरहेको छ। "यो सिजनमा नेपालमा तरकारीको उत्पादन कम हुने समय हो, भारतीय तरकारीमा अलिक बढी निर्भर हुने समय भएकाले पनि आवागमन बन्द हुँदा मूल्य बढेको छ," नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भन्नुभयो, "चैत वैशाखमै परेको पानीले नेपालका तरकारी उत्पदनमा असर परेकाले पनि तरकारीको मूल्य बढेको हो।"

जानकारी तथा लेखहरु