फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एसियाली सांस्कृतिक कार्निवलमा आन्दरे बोसेलीले 《नेसुन दोर्मा》गाउने

(GMT+08:00) 2019-05-15 18:44:37

विश्वको चौथा टेनर कहलिएका इटालीका गायक आन्द्रे बोसेली दृष्टिविहीन भए तापनि उहाँको मिठो स्वरले विश्वभरिका संगीतप्रेमीहरुको मन जितेको छ। आज बेलुका उहाँले एसियाली सांस्कृतिक कार्निवलमा ओपेरा 《टुरान्दोट》को प्रसिद्ध भाग 《नेसुन दोर्मा》गाउनुहुनेछ।

चीनका गीतप्रेमीहरुका पुराना साथीको रुपमा बोसेलीले धेरै पटक चीनको भ्रमण गर्नुभएको छ। चिनियाँ संगीत तथा चिनियाँ गीत सम्बन्धी व्यक्तिहरूप्रति उहाँको मनमा गहिरो छाप परेको छ।

आगामी वर्ष चीन र इटली बीच दौत्य सम्बन्ध स्थापनाको ५०औं वार्षिकोत्सव हो। वितेका केही वर्षदेखि चीन र इटलीबीच संस्कृति तथा संगीत क्षेत्रमा आदान-प्रदान गहन भएकोमा बोसेलीले खुसी व्यक्त गर्नुभयो। एसियाली सांस्कृतिक कार्निवलमा आफ्नो प्रस्तुतीमार्फत सभ्यताबीचको आदान-प्रदानबारे अरु बढी जानकारी लिएको पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु