फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशियाली सभ्यता आदानप्रदान र मानव भाग्य एकरुपताको निर्माणसम्बन्धी मञ्च पैचिङमा आयोजित

(GMT+08:00) 2019-05-15 19:40:15

एशिया सभ्यता संवार्ता सम्मेलनको शाखा मञ्चको रुपमा एशियाली सभ्यता आदानप्रदान र मानव भाग्य एकरुपताको निर्माणसम्बन्धी मञ्च आज मे पन्ध्र तारिख पैचिङमा आयोजित भएको छ। एशिया तथा अन्य क्षेत्रका अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरु, सरकारका अधिकार, थिङ्कट्याङ्क संस्थाका जिम्मेवार व्यक्ति लगायत दुई सय जनाले यस मञ्चमा भाग लिएका छन्।

चिनियाँ सामाजिक वैज्ञानिक प्रतिष्ठानका प्रमुख से फू चानले सम्बोधन दिनुका साथै तीन वटा प्रस्ताव प्रस्तुत गर्नुभएको छ। पहिलो, अझ घनिष्ठ थिङ्कट्याङ्क साझेदारी सम्बन्धको स्थापना गर्नुपर्ने छ। दोस्रो, सैद्धान्तिक सिर्जनालाई अघि बढाउनुपर्ने छ। तेस्रो, अन्तर्राष्ट्रिय जनमतको वातावरण सुदृढ पार्नुपर्ने छ।

एशियाली सहयोगात्मक वार्ता संगठनका महासचिव बन्डिट लिम्सचुन, उजबेकिस्तानका राष्ट्रिय अभियान अध्यक्ष अकमल बुर्खानोभ आदि प्रतिनिधिले पनि मञ्चमा भाषण दिनुभएको छ।

जानकारी तथा लेखहरु