फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र चीनबीच तेस्रो पटक प्रतिआतंकवाद केन्द्रित सैन्य अभ्यास हुने

(GMT+08:00) 2019-05-15 19:41:10
नेपाल र चीनबीच तेस्रो पटक प्रतिआतंकवाद केन्द्रित सैन्य अभ्यास हुने भएको छ। 'सगरमाथा फ्रेन्डसिप' नाम दिइएको नियमित अभ्यास नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाले आगामी भदौमा नेपालमा गर्नेछन्। सैन्य अभ्यास गर्ने ठाउँ भने तय भइसकेको छैन। दुई देशबीचको संयुक्त सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकलामै केन्द्रित हुने भएपछि नेपालमा चिनियाँ प्रभावबारे बहस सुरु भएको छ। गत वर्ष असोजमा चीनको छेन्दुमा र २०७४ वैशाखमा काठमाडौंमा यस्तै अभ्यास भएको थियो।

दुवै मुलुकका सैनिक अधिकारीहरू संयुक्त सैन्य अभ्यासको तयारीमा जुटेका छन्। सैनिक प्रवक्ता एवं सहायक रथी विज्ञानदेव पाण्डेले नेपाली र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यास भदौमा गर्न लागिएको बताउनुभयो। संयुक्त सैन्य अभ्यासका लागि चिनियाँ दूतावासका अधिकारी, रक्षा मन्त्रालय र सेनाका वरिष्ठ अधिकारीबीच छलफल भइरहेको छ। दुवै पक्ष सैन्य अभ्यासको मिति, स्थान र रूपरेखा (मोडालिटी) टुंगो लगाउन सक्रिय छन्। आतंकवादबाट उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई दृष्टिगत गरी दुवै देशका विशेष सेनाले संयुक्त सैन्य अभ्यास गर्नेछन्। एसियाली मुलुक दिनप्रतिदिन आतंकवादीको निसानामा पर्दै गएको अवस्थामा यो अभ्यास उपयोगी रहने ठहर दुवैतर्फका सेनाको छ। आतंकवादीले एसियाली मुलुकमा आफ्ना गतिविधि बढाइरहेका छन्। नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुँदै आएको सैन्य अभ्यासलाई भारत, अमेरिकालगायत मुलुकले महत्वका साथ हेरिरहेका अन्नपूर्णपोस्ट अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु