फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाको तथाकथित 'चोर'को आरोप आत्मवञ्चना

(GMT+08:00) 2019-05-15 19:43:15
हालै अमेरिकाका केही राजनीतिज्ञहरूले भनेको, अमेरिका एउटा पैसा वचत गर्ने भाँडो हो भने चीन लगायत सबै मुलुकहरूले यस भाँडोबाट पैसा चोरिरेका छन्। यस्तो भनाइ सामान्य आधारभूत आर्थिक ज्ञानको अभाव हुनुका साथै आत्मवञ्चना पनि हो।

बजारको नियमअनुसार, बेच्ने र किन्ने दुई पक्षले कारोवार गर्ने इच्छा लिएपछि कारोवारमा दुवैपक्ष अवश्य पनि लाभान्वित हुने छ। चीन र अमेरिकाबीचको आर्थिक व्यापारिक सहयोगमा पनि यस नियमको पालना गरिएको थियो। धेरै वर्षदेखि चीन र अमेरिकाले आर्थिक आदानप्रदानमार्फत आफ्नो आर्थिक विकास र व्यवसायिक सुधारलाई अघि बढाएका थिए र दुवैले यसबाट विशाल आर्थिक हित पाएका थिए।

तर अमेरिकाले आर्थिक आदानप्रदानबाट ल्याइएको हितलाई बेवास्ता गरेर चीनले अमेरिकी प्रविधि र पूँजी चोरेको दोषारोपण गर्नु यथार्थमा आफ्नो व्यापारिक संरक्षणवादी दुष्प्रयासको ढाकछोप मात्रै थियो।

तथ्यांक अनुसार, धेरै वर्षयता अमेरिकाले चिनियाँ बजारमा ठूलो नाफा लिएको छ। हालै अमेरिकी व्यवसायले चीनमा वार्षिक बिक्री गरेको आम्दानी सात खर्व अमेरिकी डलर पुग्छ भने चोखो नाफा पचास अर्व अमेरिकी डलर पुग्छ।

जानकारी तथा लेखहरु