फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मानवको सभ्यतामा स्थानको भेद छैनः चिनियाँ राष्ट्राध्यक्ष

(GMT+08:00) 2019-05-15 20:33:00
"एशियाली सभ्यताबीचको आदान-प्रदान, आपसी पूरक तथा एशियाको हित लक्षित समूदाय" विषयक एशिया सभ्यता संवार्ता सम्मेलन आज मे १५ तारिख पैचिङमा उद्घाटन भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले आफ्नो सम्बोधनमा एशियाको सभ्यता तथा मानव जातिको सभ्यताप्रति चीनको आदान-प्रदान तथा आपसी पूरक धारणाबारे प्रष्ट पार्नुका साथै मानवबीच छाला तथा भाषाको भिन्नता मात्रै रहेको र मानवको सभ्यतामा स्थानको भिन्नता नरहेको कुरामा जोड दिनुभयो। उहाँका अनुसार, "आफ्ना जाति तथा सभ्यता अरु भन्दा उच्च स्थानमा रहेको धारणा राख्दै अरु सभ्यता परिवर्तन गर्नखोज्नु मूर्खता हो र यस्तो क्रियाकलाप खतरनाक छ।"

राष्ट्राध्यक्ष सीको सम्बोधनबाट वार्ता सम्मेलनमा सहभागी भएका विभिन्न मुलुकका नेताहरु, अधिकृतहरु, विद्वान तथा विशेषज्ञहरु र सञ्चार माध्यमहरुमा सक्रिय प्रतिक्रिया जगाइएको छ।

हिजोआज पश्चिमा मुलुकका केही राजनीतिज्ञले नयाँ चरणको "सभ्यताबीचको भिडन्त सम्बन्धी सिद्धान्त" अपनाएर "विभिन्न सभ्यताबीच अवश्य नै भिडन्त तथा द्वन्द्व हुने" वाहियात कुरा उठाएका छन्। यस्तो पृष्ठभूमिमा राष्ट्राध्यक्ष सीद्वारा पाँच वर्ष अघि प्रस्तावित एशिया सभ्यता सम्झौता वार्ता सम्मेलन पूर्वनिर्धारित समयमा आयोजित भएको छ। जसलाई सो सम्मेलनमा सहभागी भएका विभिन्न पक्षले "ठ्याकै उचित समयमा" आयोजित भएको भन्दै प्रशंसा गरेका छन्। एशियाका विविध सभ्यताबीचको सो भव्य वार्ता सम्मेलनमा एशियाका विभिन्न सभ्यताबीचको सम्बन्ध, एशियाली सभ्यता र विश्वका सभ्यताबीचको सम्बन्ध, सभ्यताबाट एशिया तथा मानव जातिको हित लक्षित समुदायको के कसरी निर्माण गर्ने भन्नेबारेमा राष्ट्राध्यक्ष सीले चार वटा धारणा प्रस्तुत गर्नुभयो।

मानव जाति संयुक्त चुनौतीको सामना गर्नका लागि संस्कृति तथा सभ्यताको शक्तिको आवश्यकता छ। विश्वको बहुध्रुवीकरण, अर्थतन्त्रको विश्वव्यापीकरण, संस्कृतिको विविधिकरण तथा समाजको सूचनाकरणको वर्तमान अवस्थामा प्रभुत्ववादको फैलावटको सामु मानव जातिका विभिन्न संस्कृति तथा सभ्यतालाई हलुका रुपमा हेरिएको छ। एशियालाई उदाहरणका लागि त्यसका जनसंख्या विश्वका दुई तिहाईमा र त्यसको आर्थिक मात्रा विश्वका एक तिहाईमा रहेतापनि एशियाका केही मुलुक यथावत रुपमा विपन्न रहेका छन्।

एशियामा शान्ति र संयुक्त समृद्धिका लागि आर्थिक, वैज्ञानिक तथा प्राविधिक शक्ति मात्र नभई संस्कृति तथा सभ्यताको शक्ति पनि चाहिन्छ। सी चिन फिङले विभिन्न सभ्यताले आपसी कदर गर्नुपर्ने तथा समान ठाउँमा विचार गर्नुपर्ने कुरामा जोड दिनुभयो। उहाँले "मानव जातिको सभ्यता एउटै ढंग र एउटै शैलीमा भएको हो भने यो संसार धेरै सरल र धेरै उराँठलाग्दो हुने"कुरा भन्नुभयो। उहाँको सम्बोधनले पश्चिमी मुलुकका केही राजनीतिज्ञले नयाँ चरणको "सभ्यता बीचको भिडन्त सम्बन्धी सिद्धान्त"लाई सशक्त रुपमा विरोध गरेको छ। हालै मलेशियाका प्रधानमन्त्रीले सञ्चार माध्यमहरुलाई अन्तर्वार्ता दिँदै चीनलाई नडराउने कुरामा धेरै पटक जोड दिनुभयो। किनभने मलेशियाले दुई हजार वर्षसम्म चीनसँगको आवत-जावतमा चीनले कहिल्यै पनि मलेशियामाथि कव्जा गरेको छैन।

सभ्यताको दिगो विकासका लागि आपसी आदान-प्रदान हुनुपर्छ। र मानव भनेको सभ्यता बीचको आदान-प्रदान गर्ने सबैभन्दा सुहाउँदो साधन हो।सन् २०१८मा १६ करोड चिनियाँ पर्यटक विदेश घुमेका थिए। यसका साथै चीनले १४ करोड विदेशी पर्यटकको सत्कार गरेको थियो। अरु बढी चिनियाँ तथा विदेशीहरुले विदेशी तथा चिनियाँ सँस्कृतिबारे जानकारी लिएका थिए।

जानकारी तथा लेखहरु