फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा एशियाली सांस्कृतिक कार्निवललाई सम्बोधन

(GMT+08:00) 2019-05-15 22:47:18
एशियाली सांस्कृतिक कार्निवल आज मे १५ तारिख बेलुका चीनको पैचिङ शहरमा उद्घाटन भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चीन सरकार तथा चिनियाँ जनताको तर्फबाट सो कार्निवलमा सहभागी हुन आएका एशियाका विभिन्न मुलुकका अतिथि तथा कलाकारलाई हार्दिक स्वागत गर्नुभयो।

राष्ट्राध्यक्ष सीले एशियाका विभिन्न मुलुकको आफ्नो विशिष्ट सभ्यता रहेको भन्दै सभ्यताको विविधताले एशियाको संस्कृतिलाई अरु प्रेरक शक्ति पुर्‍याएको बताउनुभयो। आजको कार्निवलमा कलाले विभिन्न जाति पार गर्ने, विभिन्न विचारबारे आदान-प्रदान गर्ने र विश्वलाई एउटा रंगीचंगी उत्साहजनक एशिया देखाउने पनि उहाँले व्यक्त गर्नुभयो।

राष्ट्राध्यक्ष सीले चिनियाँ जनताले प्राचीन कालदेखि नै छिमेकीसँगको सम्बन्धलाई उच्च महत्व राखेको भन्दै एशियाली मुलुकका जनताले हातमा हात मिलाएर संयुक्त विकास गर्ने इच्छा लिएको पनि बताउनुभयो।

जानकारी तथा लेखहरु