फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा नेपाली कला

(GMT+08:00) 2019-05-19 17:00:54

बंगलादेशी कलाकारले माछा मार्ने ढडियासँगै डुंगा खियाउने शारीरिक चालढाल नृत्यमा मिसाउँदै गर्दा नेपाली कलाकारले भने दुई हात एकपटक भुँइतिर त अर्कोपटक निधारतिर ल्याउँदै ढोगेको अभिनय गरे। चीनको राजधानी बेइजिङस्थित बर्ड नेस्ट स्टेडियमको ओलम्पिक ग्रिनपार्कमा जारी एसियन सिभिलाइजेसन परेडमा यसरी मारुनी नृत्यको स्टेप मिसाउने उपाय नृत्य निर्देशक प्रशान्त तामाङले लगाएका हुन्।

'लोक जीवनबाट हराउँदै गएर झन्डै झन्डै स्टेज कार्यक्रमतिर मात्रै सीमित हुने अवस्थामा रहेको मारुनीलाई एसियाली सभ्यतासँग एकाकार गराउन पाएको क्षण सधैं सम्झनामा रहनेछ,' धरानका प्रशान्तले भने। परेडमा प्रशान्तले थारू नृत्यका लागि समेत काम गरेका छन् ।

मौलिक सेलो गायन र संगीतमा मात्रै उनी चिनिएका छैनन्, नृत्य निर्देशक र रंगकर्मीको रूपमा पनि उनले आफ्नो परिचय सुरक्षित पारेका छन् । एसियाली सिभिलाइजेसन परेडका लागि सेलो नृत्यको स्टेप उनकै अवधारणामा मिसाइएको हो । तामाङ मौलिक परिधानसँगै डम्फु बोकेर ओलम्पिक पार्क उत्रिएका उनलाई शान्ति वाइबा, सम्झना लामा र सागर तामाङले पनि नृत्यमा सघाएका छन् ।

परेडमा एसियाका विभिन्न १७ मुलुकका कलाकारले आआफ्ना वाद्ययन्त्रसहितको प्रस्तुति दिँदै गर्दा मौलिक बाजागाजाको महत्त्व प्रकाशमा आएको कान्तिपुर अनलाइनले जनाएको छ ।

जानकारी तथा लेखहरु