फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पदार्थ विज्ञानबारे अन्तर्राष्ट्रिय अनुभव आदनप्रदान गर्ने उद्देश्यले 'पोलिमर अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन काठमाडौंमा हुने

(GMT+08:00) 2019-05-19 17:01:59
पदार्थ विज्ञान र नानोटेक्नोलोजीबारे अन्तर्राष्ट्रिय अनुभव आदनप्रदान गर्ने उद्देश्यले 'पोलिमर अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन–२०१९' काठमाडौँमा आयोजना गरिने भएको छ। पोलिचार विश्व वैज्ञानिक सञ्जाल (प्रेसिडेन्ट प्रा जन मार्ग साइटर) को आयोजनामा पाँच दिनसम्म हुने सम्मेलनमा २३ देशका १५० भन्दा बढी वैज्ञानिकको सहभागिता रहने शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

'दिगो विकासका लागि पोलिमर' भन्ने मूलनाराका साथ आइतबारदेखि शुरु हुने सम्मेलनमा नेपालका लागि मुख्य आयोजक संस्थामा नेपाल पोलिमर इन्ष्टिच्युट तथा त्रिभुवन विश्वविद्यालय ब्यववहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको संयुक्त आयोजना तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गैर आवासीय नेपाली सङ्घको सहकार्य रहेको छ।

सम्मेलनमा बायोटेक्नोलोजी, नानोटेक्नोलोजिलगायत विषयमा १३० भन्दा कार्यपत्र प्रस्तुत हुने त्रिभुवन विश्वविद्यालय व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रका निर्देशक प्रोफेसर रामेश्वर अधिकारीले जानकारी दिनुभयो। पोलिमर पदार्थ विज्ञान सम्बन्धी वैज्ञानिकको विश्वव्यापी सञ्जाल हो। नेपालमा पोलिमारको अध्ययन अनुसन्धान तथा प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो। यसअघि सन् २०११ मा पनि यस्तै सम्मेलन नेपालले आयोजना गरेको थियो। हरेक वर्ष विभिन्न मुलुकले सम्मेलन गर्दै आएका छन्।

जानकारी तथा लेखहरु