फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चिनियाँ राजदूतद्वारा संस्कृतिविद सत्यमोहनसँग भेटवार्ता

(GMT+08:00) 2019-05-20 15:06:29
संस्कृतिविद् सत्यमोहन जोशीलाई गत शुक्रबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेट गर्नु भएको छ। ललितपुरको बखुम्बहालस्थित जोशीको निवासमै पुगेर उहाँले भेटघाट गर्नु भएको बाह्रखरी अनलाइनले लेखेको छ। वैशाख ३० गतेबाट जोशी १०० वर्ष लाग्नु भएको छ। जोशी र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो।

भेटका क्रममा राजदूत होउले संस्कृतिविद् जोशीको सुस्वास्थ्य एवं दीर्घजीवनको कामना समेत गर्नु भएको थियो। जोशीले सो अवसरमा अरनिकोको बारेमा आफूले लेखेका कृतिहरु तथा अरनिको र नेपाल एवं चीनको सम्बन्ध बारेमा राजदूतसँग चर्चा गर्नुभयो। त्यस्तै चिनियाँ भाषाको बारेमा आफूले गरेको अनुसन्धानको बारेमा समेत उहाँले जानकारी गराउनुभयो।

चिनियाँ राजदूत होउले जोशीलाई चीन भ्रमणका लागि प्रस्ताव समेत गर्नुभयो। संस्कृतिविद् जोशीले आफ्नो स्वास्थ्य अवस्था र उमेरका कारण भ्रमणका लागि असमर्थ रहेको बताउनुभयो।

भेटका क्रममा राजदूत होउले संस्कृतिविद् जोशीलाई दीर्घजीवन र सुस्वास्थ्यको कामना गर्दै मायाको चिनो प्रदान गर्नुभयो। यससँगै ललितपुर महानगरपालिकाका तर्फबाट प्रमुख चिरीबाबु महर्जनले मन्छिन्द्रनाथको रथ प्रदान गर्नुभएको छ।

जानकारी तथा लेखहरु