फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बौद्धिक सम्पत्ति अधिकार सुरक्षाबारे अमेरिकी आरोप

(GMT+08:00) 2019-05-20 19:02:27

चीन र अमेरिका व्यापार युद्ध सुरुभएपछि अमेरिकाले आफ्नो एकपक्षीय मागहरू हासिल गर्नका लागि विभिन्न किसिमका झुटा र नक्कली कुरा बनाएर चीनलाई हिलो छ्याप्ने काम गरिरहेको छ। चीनले बौद्धिक सम्पत्ति अधिकार चोरी गरेको भन्दै अमेरिकाले झुटो आरोप लगाएको छ। यसबारे धेरै विशेषज्ञहरुले अमेरिकी यस्तो गतिबिधिका पछाडि खराव उद्देश्य बोकेको राजनीतिक चाल रहेको बताएका छन्।

पैचिङ विश्वविद्यालयका बौद्धिक सम्पत्ति अधिकार कलेजका उप प्रमुख श्रीमती चाङ फिङले दश वर्षभन्दा लामो समयदेखि चीन र अमेरिका बीचको बौद्धिक सम्पत्ति अधिकार सुरक्षा समस्याबारे अनुसन्धान गर्दै हुनुहुन्छ। उहाँको दश वर्षभन्दा लामो अनुसन्धान अनुसार अमेरिकाले उच्च बौद्धिक सम्पत्ति अधिकार सम्बन्धी लाइसेन्स शुल्कलाई संग्रह गर्नुका साथै व्यापारिक लाभहरू गणनामा बौद्धिक सम्पत्ति अधिकार सम्बन्धी शुल्कलाई बेवास्ता गरेको छ।

सन् 2016 मा चीनले बौद्धिक सम्पत्ति अधिकार सम्बन्धी लाइसेन्स शुल्क सात अर्ब छयानब्बे करोड अमेरिकी डलर अमेरिकालाई दिएको छ। यो शुल्कले अमेरिकामा संग्रह गरिएको सम्बन्धी कूल शुल्कको 25 प्रतिशत हो। चीनद्बारा बौद्धिक सम्पत्ति अधिकार सुरक्षाबाट अमेरिकी व्यवसायहरुले धेरै पैसा कमाएका छन्। तर अमेरिकी सरकारले यो कुरालाई बेवास्ता गरेको छ।

सन् 2018 को जुन उन्नाईस तारिख अमेरिकी ह्वाइट हाउसले "चीनको आर्थिक आक्रामकताले अमेरिका र संसारको प्रविधि र बौद्धिक सम्पत्तिलाई धम्की" सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको थियो। यो प्रतिवेदनमा अर्को प्रतिवेदनको सन्दर्भ उल्लेख गर्दै हरेक वर्ष चीनको बौद्धिक सम्पत्ति अधिकार उल्लङ्घनबाट अमेरिकालाई छ खर्ब अमेरिकी डलरको आर्थिक हानि भएको लेखिएको छ। तर यो असत्य हो।

चिनियाँ जन विश्वविद्यालयका आर्थिक कलेजका प्रोफेसर वाङ स्याउ सौंले यो प्रतिवेदनमा सन्दर्भ गरिएको मूल प्रतिवेदनलाई परीक्षण गर्नुभयो। यो मूल प्रतिवेदनमा हरेक वर्ष विश्वका सबै मुलुकको बौद्धिक सम्पत्ति अधिकार उल्लङ्घनबाट अमेरिकालाई छ खर्ब अमेरिकी डलरको आर्थिक हानि भएको लेखिएको छ। उहाँले अमेरिकी सरकारले यो तथ्याङ्कलाई सन्दर्भ गरेको अवसरमा तथ्यहरू विकृत गरेको, संसारको बौद्धिक सम्पत्ति अधिकार उल्लङ्घनको गतिविधि चीन एक देशको गतिविधि भनी आरोप लगाएको बताउनुभयो।

वास्तवमा विगत दश वर्षभित्र चीनद्बारा विदेशी प्रबिधिलाई प्रयोग गर्दै बुझाएको शुल्क चार गुणा बढी पुगेको छ। सन् 2018 मा यो शुल्क पैँतीस अर्ब असी करोड अमेरिकी डलर पुगेको छ। यसले संसारमा चौथो स्थान लिएको छ।

थाहाभए अनुसार, चीनलले एउटा पूरा, उच्च मानक बौद्धिक सम्पत्ति अधिकार कानुन प्रणाली निर्माण गरेको छ। चीनले बौद्धिक सम्पत्ति अधिकारको लगातार न्यायिक सुरक्षालाई बलियो पार्दछ। बौद्धिक सम्पतिका घटनाहरू, विशेष गरी प्याटेन्टका घटनाहरूलाई केरकार र सुनुवाइ गर्ने विश्वको सबैभन्दा ठूलो देश चीन बनेको छ।

विशेषज्ञहरुले अमेरिकाले "बौद्धिक सम्पत्ति अधिकारलाई चोरी" गरेको यो खराब उद्देश्यहरू राजनीतिक खेल हो भनी चीनले प्राबिधिक सिर्जना, बौद्धिक सम्पत्ति अधिकारलाई आदर गरेको भनी स्पष्ट पारेका छन्।

जानकारी तथा लेखहरु