फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मध्य पहाडी लोकमार्गमा सूचना राजमार्गको शिलान्यास

(GMT+08:00) 2019-05-20 19:21:37

मध्य पहाडी लोकमार्गमा सूचना राजमार्ग (अप्टिकल फाइबर नेटवर्क) कार्यको शिलान्यास समारोहको आज सोमबार गल्छीमा पर्ने जनकल्याण माध्यमिक विद्यालयमा गरिएको छ। कार्यक्रम सुरु हुन अगाडि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले माटो खनेर शिलान्यास गर्नुभयो। चाइना कम सर्भिस नामक चिनियाँ कम्पनीले निर्माण गर्ने यो कार्य दुई वर्षभित्र पूरा हुनेछ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत हौ यानछीले विश्वसूचना युगमा प्रवेश भइसकेको कुरा औँल्याउनुभयो। उहाँले भन्नुभयो यो निर्माणले नेपालका लागि उच्च गति तथा स्थिर नेटवर्क प्रदान गर्ने छ भने नेपाली सञ्चारलाई प्रवर्द्धन गर्नेमा महत्वपूर्ण भावार्थ सिर्जना गर्ने छ। मेरो विश्वास छ:नेपाल र चिनियाँ व्यवसायले समान खुल्ला संयुक्त उपभोग्य भन्ने तथा पारस्परिक हित तथा फाइदा भन्ने सिद्धान्तबमोजिम यस योजनालाई प्रवर्द्धन गर्दै नेपाली जनतालाई लाभ ल्याउनका लागि अझ बढी योगदान सिर्जना गर्दै जाने छ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि चीन सरकारले सधैँ समर्थन दिएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले शिक्षा र स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन ल्याउनका लागि यस प्रकारका सेवा आवश्यक रहेको बताउनुभयो। स्थिर राजनीतिक प्रणालीबाटै विकास हुने भन्दै आपसी द्वन्द्व गराउने कुत्सित तत्वहरुबाट सचेत रहन उहाँले आग्रह पनि गर्नुभयो।

1  2  3  
जानकारी तथा लेखहरु