फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिका विश्व विभिन्न किसिमको "नोक्सान"को मुख्य निर्माता

(GMT+08:00) 2019-05-20 19:39:41

अमेरिकाले प्रतिद्वन्द्वीलाई प्रहार गर्ने सामान्य उपायः आफ्नै गल्ती ढाकछोप गर्दै अरूलाई दोष लगाउनु हो। अमेरिकाले यो उपाय धेरै प्रयोग गर्दै आएको छ। जस्तै, एघारौं चीन-अमेरिका आर्थिक व्यापार उच्चस्तरीय छलफल अघि अमेरिकाले व्यापार वार्तामा चीन अडानबाट पछि हटेको भनी हिलो छ्यापेको छ। अमेरिकाले यसलाई बहानाको रूपमा प्रयोग गर्दै दुइ खर्ब अमेरिकी डलरको चीनको उत्पादनमाथि त्यसअघिको 10 प्रतिशत भन्सार करबाट 25 प्रतिशत बनाएको छ। वास्तवमा दुवै पक्षले केही विषयबारे धेरै पटक छलफल गरिरहे पनि हालसम्म सम्झौता हुन सकेको छैन। अमेरिकाले चीन अडानबाट पछि हटेको भन्दै आलोचना गरेको छ। तर, यो कहाँ बाट आयो?

एक वर्ष अघिको मे उन्नाईस तारिख चीन र अमेरिकाले संयुक्त वक्तव्य प्रकाशित गर्दै व्यापारका लागि नलड्ने सहमति गरेका थिए। तर दश दिन पछि ह्वाइट हाउसले यो सहमतिलाई अस्वीकार गरेको थियो। अमेरिकाले चीनको पचास अर्ब अमेरिकी डलर सामानहरुलाई 25 प्रतिशतले भन्सार कर थप गरेको छ। गत वर्षको डिसेम्बरमा चीन र अमेरिकाले व्यापारको खरिद रकमबारे सहमति गरेका थिए। तर अमेरिकाले त्यसपछिको छलफलमा लगातार करहरु बढाउँदै आएको छ। फलतः दुवै पक्षको वार्ता प्रक्रिया निराशाजनक बनेको छ।

हालै चीनको विकासलाई रोक्न, आफ्नो देशको एकाधिकारवादलाई सुरक्षा गर्नका लागि केही अमेरिकी राजनीतिज्ञहरुले चीनको आर्थिक उल्लंघन, चीन विश्वव्यापी प्रभाव बढाउन चाहन्छ भनी झुटो आरोप लगाएका थिए।

अमेरिकाले चीनलाई हिलो छ्यापेको मुख्य कारण आफ्नो गल्ती ढाकछोप गर्नलाई हो। अमेरिका विश्व "नोक्सान"को मुख्य निर्माता हो।

हाल विश्व परिवर्तनशील बनिरहेको छ। विश्वमा नयाँ चरणको प्राबिधिक क्रान्ति भइरहेको छ। अन्तर्राष्ट्रिय समाजले "शासन क्षेत्रमा "नोक्सान", विश्व विश्वासमा "नोक्सान" रहेको, शान्ति क्षेत्रमा "नोक्सान", विकास क्षेत्रमा "नोक्सान" रहेको यी चार वटा चुनौति देखेको छ। विश्व नम्बर एक सुपर शक्ति मुलुक अमेरिकाले यी विभिन्न किसिमको "नोक्सान"को मुख्य निर्माता बन्नेको छ।

अमेरिकाले अन्तर्राष्ट्रिय चासोभन्दा आफ्नै रुचि राख्दछ। बहुपक्षीय प्रणाली, अन्तर्राष्ट्रिय प्रणालीलाई गम्भिर रुपमा ध्वस्त बनाएको छ। सन् 2017मा विश्व व्यापार संगठन द्बन्द्ब फैसला गरिएको एउटा अनुसन्धान प्रतिवेदनमा हालसम्म अमेरिका सबैभन्दा ठूलो नियमहरूमा पालन नगर्ने राष्ट्र भनी किटानी गरिएको छ। विश्व व्यापार संगठनद्बारा फैसला गरिएको तेस्रो मामला अमेरिकाको कारण हो।

आफ्नो आर्थिक तथा प्राबिधिक एकाधिकालाई रक्षा गर्नका लागि केही वर्षदेखि अमेरिकाले मुख्य व्यापार साझेदारीलाई प्रहार गरेको छ। ह्वावेइ आदि उच्च प्राबिधिक कम्पनीमाथि प्रतिबन्ध लगाएको छ र विश्वव्यापी उद्योग शृङ्खलाको मानव निर्मित रोकेको छ।

अमेरिकी गतिविधि इतिहासको प्रवृत्ति, विश्वको विकास र जनताको विचारका विरुद्ध, विश्व विभिन्न किसिमको "नोक्सान"लाई बढाउँदै संसारको विकासमा सबैभन्दा अस्थिर कारक बनेको छ।

जानकारी तथा लेखहरु