फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली नापी टोली सगरमाथाको चुचुरोमा पुग्दै

(GMT+08:00) 2019-05-21 16:59:15

सगरमाथा मापनका लागि चढेको नापी विभागको प्राविधिक टोली मौसममा कुनै उतारचडाव नआए आज मङ्गलबार बिहान सगरमाथाको चुचुरोमा पुग्ने भएको छ। सो टोली सोमबार साउथ कोलमा रहेको छ।

उक्त टोली शुक्रबार राति आधार शिविरबाट चुचुरोतर्फ प्रस्थान गरेको गोरखापत्र अनलाइनले लेखेको छ। सोमबारदेखि मङ्गलवारसम्ममा चुचुरोमा पुग्ने अनुमान गरिएको थियो।

नापी विभागका सगरमाथा उचाई मापन सचिवालयका प्रमुख सुशील डङ्गोलले मापन टोली सोमबार सगरमाथाको साउथ कोलमा पुगेर विश्राम गरेको जानकारी दिँदै भन्नुभयो–"मङ्गलबा विहानसम्म चुचुरोमा पुग्ने लक्ष्य छ, आधार शिविरबाट यही खबर आएको छ।"

नापी विभागका प्राविधिक खिमलाल गौतमको नेतृत्वमा चारजना मापनका लागि सगरमाथा आरोहण गरिरहेका छन्। उक्त टोली काठमाडौँबाट चैत २७ गते आधार शिविर पुगेको थियो। मापनका लागि गएको टोलीले करिब एक महिनासम्म त्यहाँको वातावरणमा आफूलाई अनुकूलन गराएका थिए।

सगरमाथा मापनका लागि जीएनएसएस रिसिभर र जीपीआर नाम गरेका उपकरण चुचुरोमा लगिदैँछ। उपकरणसहित चुचरोमा पुगेको टोली र नियन्त्रण बिन्दुमा रहने प्राविधिकबीच एउटै समयमा नाप लिनुपर्ने हुन्छ। यसका लागि तल रहेका आठवटा बिन्दुमा पनि प्रावधिक खटिएका छन्। नियन्त्रण विन्दुमा भएका प्राविधिक र चुचुरोमा भएकाबीच स्याटेलाइटबाट सूचना आदानप्रदान र सम्पर्क हुने व्यवस्था मिलाइएको छ।

नेपाल सरकारका तर्फबाट पहिलोपटक सगरमाथाको उचाई मापन गर्न लागिएको हो। समुद्री सतहदेखि सुरु गरिएको मापन कार्यले सगरमाथाको चुचुरोसम्म पुगेपछि पूर्णता पाउनेछ यकिन उचाइ भने छ महिनापछि मात्र निस्कनेछ।

जानकारी तथा लेखहरु