फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक सातामै कामीरिता दुईपटक सगरमाथामा शिखरमा

(GMT+08:00) 2019-05-21 16:59:53

एक साताकै अबधिमा नेपाली पर्वतारोही कामीरिता शेर्पाले दुईपटक सगरमाथा आरोहण गरेका छन्। आज (मंलबार) बिहान ६ बजेर ३८ मिनेट जाँदा कामीरिताले २४ औँ पटक सगरमाथा आरोहरण गरेको नेपाल खबर अनलाइनले लेखेको छ।

यस अघि १ जेठमा उनले सगरमाथाको २३ औँ पटक आरोहण गरेका थिए। मंगलबार बिहान २४ पटक पटक विश्वको सर्वोच्च शिखर आरोहण गरेर उनले आफ्नै किर्तीमानमा सुधार गरेका सगरमाथा आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनु भएको छ।

एकै सिजनमा शेर्पाले दुईपटक आरोहण गर्दै २४ पटक पुर्‍याएका हुन्।

सेभेन समिट कम्पनीबाट आरोहण गरेका कामीरिताको लक्ष्य अर्को साल २५ औं पटक सगरमाथा आरोहण गर्ने लक्ष्य छ। कामिरिताले एकै याममा दुई पटक सगरमाथा चढेको यो चौथो पटक हो। यसअघि उनले पनि तीन आरोहण याममा दुई दुई पटक सगरमाथा चढिसकेका छन्।

उनले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढेका थिए। सन् २०१२ मा पनि उनी दुई पटक चुचुरोमा पुगेका थिए। तर आधार शिविर नआइकन चौथो शिविरबाटै पुनः माथि लागेकोले त्यसले छुट्टै आरोहणको मान्यता पाएन। सोलुखुम्बुको थामे गाउँमा जन्मिएका ४९ वर्षीय कामिरिताले आगामी वर्ष २५ औँ पटक सगरमाथा आरोहण गरेर सन्यास लिने जनाएका छन्।

जानकारी तथा लेखहरु