फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन बजारमा कसैको नकारात्मक विचार बस्नसकेन

(GMT+08:00) 2019-05-21 19:13:33

अमेरिकी तयारीपोशाक समूह ग्यापका लागि सन् २०१९ असामान्य वर्ष हो। यो समुह स्थापना भएको पचासौँ वार्षिकोत्सव हुँदा उत्तर अमेरिकामा सयौँ स्टोर बन्द गरी चिनियाँ बजार विस्तारमा केन्द्रित हुने ग्यापको योजना रहेको छ। गत अप्रिलमा मात्रै चीनको भित्री भूमिमा ग्यापका एघार वटा स्टोर खोलिएका छन् र यस वर्षमा कम्तिमा चालीस वटा खोल्ने ग्याप समूहको योजना छ।

सन् २०१९ लागेपछि चीनमा थप लगानी गरेको विदेशी व्यवसाय ग्याप समूह एक मात्रै होइन। तथ्याङ्कका अनुसार, यस वर्षको जनवरीदेखि अप्रिलसम्म चीनले वास्तविक रूपमा विदेशी लगानी प्रयोग गरेको मात्रा तीन खर्व पाँच अर्ब चौब्बीस करोड युआन पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले बढेको छ। चीनमा दक्षिण कोरिया, अमेरिका, जर्मनीलगायत केही मुख्य लगानी स्रोतबाट आएको लगानी मात्रा क्रमशः ११४.१ प्रतिशत, २४.३प्रतिशत, १०१.१ प्रतिशत बृद्धि भएको छ। सत्ताइस वटा अन्तर्राष्ट्रिय कम्पनीले मुख्यालय वा अध्ययन केन्द्रलाई शाङ हाइमा सारेका छन् भने यस वर्षको पहिलो त्रैमासिक अवधिमा शाङ हाइले वास्तविक रूपमा प्रयोग गरेको विदेशी लगानी मात्रा नै गत वर्षको तुलनामा २०.३ प्रतिशत बढेको छ। साथै यस वर्षका अघिल्ला चार महिनामा हाइ नान प्रान्तले वास्तविक रूपमा प्रयोग गरेको विदेशी लगानी मात्रा नै गत वर्षको सोही अवधिको तुलनामा बीस गुणा बढेको छ।

विश्वमा अन्तर्राष्ट्रिय पुँजी प्रवाह ढिलो भएको अवस्थामा चीनले विदेशी लगानी भित्र्याएको स्थिति अझै सक्रिय देखिन्छ जसबाट चीनको विकासमाथि अन्तर्राष्ट्रिय पुँजीको विश्वास देखिएको छ। चिनियाँ बजार ठूलो भएको, चीन बजारको जिवित शक्ति र चीन बजारको स्थिरताबाट अन्तर्राष्ट्रिय पुँजीको विश्वास आएको हो।

हाल चीन अन्तर्राष्ट्रिय मुद्रा कोषले आर्थिक बढ्ने अपेक्षालाई उकासेको एक मात्र मुख्य आर्थिक समूह बनेको छ। कोषका प्रथम अर्थशास्त्री गिता गोपिनाथको विचारमा चीन सरकारले तुरून्तै रूपमा गतिबिधि चलाएर वित्तीय तथा मुद्रा नैतिक उपकरणको प्रयोग गर्नु नै चीन आर्थिक स्थिर भएको मुख्य कारण रहेको छ।

चीनको अमेरिका वाणिज्य संघले चीनको वाणिज्य वातावरणसम्बन्धी पछिल्लो जाँच प्रतिवेदनका अनुसार, अन्तर्वाता लिएका लगतग असी प्रतिशत अमेरिकी व्यवसायले चीनको लगानी वातावरण सुधार वा कायम भएको व्यक्त गरेका छन् भने ६२ प्रतिशत व्यवसायले विश्व लगानीको प्रथम वा पहिला तीन वटा लगानी गन्तव्यमा राखेका छन्।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले दोस्रो वेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनमा व्यक्त गर्नुभएको छ: चीनले अझ ठूलो क्षेत्रमा विदेशी बजार पहुँचलाई विस्तार पार्ने, बौद्धिक सम्पदा संरक्षणको अन्तर्राष्ट्रिय सहयोगलाई बढाउने, सामान र सेवाको आयातलाई अरू भित्र्याउने, अन्तर्राष्ट्रिय समष्टिगत आर्थिक नैतिक समन्वयको अझ प्रभावकारी रूपमा चलाउने, वैदेशिक खुलापन नीतिको संचालनमा अरू ध्यान दिनेछ।

चीनको अठोट र प्रभावकारीलाई कुनै पनि विचारले पनि प्रभाव पार्नसक्दैन अनि चीनको ठूलो बजारमा कसैले पनि नकारात्मक धारणा पनि राख्नसक्दैन।

जानकारी तथा लेखहरु