फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्वेच्छाले कूटनीतिक अधिकारीले संवाद गर्न नमिल्ने नेपालको परराष्ट्रमन्त्रालयको भनाइ

(GMT+08:00) 2019-05-22 14:13:47

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सुरु गर्न लागेको 'राजदूतसँग गफगाफ' प्रति परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ। आगामी सोमबारदेखि नेपाली समाजसँग प्रत्यक्ष संवाद गर्ने भन्दै राजदूत बेरीले फेसबुक पेजमा भिडियो सन्देश प्रसार गर्नु भएको थियो।

त्यसबारे सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया उत्पन्न भएपछि परराष्ट्र सचिव शंकर बैरागी त्यसबारे मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गर्दै स्वेच्छाले एउटा कूटनीतिक अधिकारीले संवाद गर्न नमिल्ने बताउनु भएको कान्तिपुर अलनइनले लेखेको छ।

युवालाई लक्षित गरेर राजदूतले अमेरिकी व्यवस्थाबारे सूचना दिन खोजेको भए पनि परराष्ट्रलाई जानकारी नगराइएको सचिव बैरागीले जनाउनुभयो। उहाँले भन्नुभयो, 'यसबारे मन्त्रालयले सोधखोज गर्नेछ।'

बेरीले आफ्नो दूतावासको सामाजिक सञ्जालमा जोडिएका ४० लाख फलोअरसँग प्रत्यक्ष भेटघाट गर्न असम्भव भएकाले उनीहरूका जिज्ञासा र सरोकार सम्बोधन गर्न गफगाफमा आउन लागेको भिडियो सन्देश दिनु भएको थियो। परराष्ट्रसँग सहमति नलिएको भन्नेबारे प्रश्न गर्दा दूतावासकी प्रवक्ता एन्डी डे अरमेन्टले भन्नुभयो 'पब्लिक डिप्लोमेसी भनेको जनतासँग संवाद गर्नु हो। राजदूतले आफूलाई लागेको जवाफ दिनुहुनेछ। सूचना दिनुहुनेछ। कूटनीति भनेको यही हो।'

पूर्वराजदूत केदारभक्त माथेमाले यस्तो व्यवहार कूटनीतिक मर्यादाबाहिर हुन सक्ने टिप्पणी गर्नु भएको छ। कूटनीतिमा यस्तो संवादको आफ्नै सीमा हुने तर्क गर्दै उहाँले भन्नुभयो, 'केही विषयमा कुनै धारणा राख्नु वा विज्ञप्ति जारी गर्नु र अन्तरसंवादमा प्रत्यक्ष बस्नु एकदमै फरक कुरा हो।'

प्रश्नोत्तर गर्दा धर्म, राजनीति, कूटनीति, देशहरूबीचको सम्बन्धसहित गैरकूटनीतिक विषय पनि उठ्न सक्ने हुनाले त्यस्तो अभ्यास अप्ठ्यारो हुने पनि उहाँले बताउनुभयो।

बेरीले आफ्नो अन्तरसंवादबारे सूचना राख्नेबित्तिकै कूटनीतिक मामिलाका जानकारले यसैगरी भोलि भारतीय वा चिनियाँ राजदूत अथवा जोकोहीले 'जनतासँग कुराकानी' गर्न थाले के होला भन्ने प्रश्न गरेका छन्। टिप्पणीकार टीकाप्रसाद ढकालले लेख्नु भएको छ, 'अमेरिकी भिसा र निम्ताको पर्वाह नगरी प्रश्न सोध्ने हिम्मत गरौं : जनतासँग प्रधानमन्त्री कार्यक्रमको समानान्तर 'राजदूतसँग गफगाफ' कार्यक्रम गर्न कूटनीतिले छुट दिन्छ?'

पूर्वपरराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिव बैरागीलाई ध्यानाकर्षणका लागि 'मेन्सन' गर्दैट्वीट गर्नु भएको छ, 'आफ्नो राष्ट्रिय स्वार्थको स्पेस खाली रहे अरू कसैकाले त्यो भरिन्छ। कूटनीतिक वृत्तबाट सोझै जनतासँग स्टाइलको लहरले सुनामीको रूप लिनु पहिले नै स्पष्टता, सुझबुझ र सतर्कता रहँदा कति राम्रो राम्रो।'

जानकारी तथा लेखहरु