फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा स्थल सेनाको सैनिक कलेजको निरीक्षण

(GMT+08:00) 2019-05-22 16:22:18

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष,केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले हिजो मे 21 तारिख च्यङ्ग सी प्रान्तको स्थल सेनाको सैनिक कलेजको पैदल निरीक्षण गर्नुभएको छ। उहाँका अनुसार नयाँ युगको सैनिक बलियो सिद्धान्त र सैनिक राजनीतिक नीतिलाई पालना गर्दै युद्ध,फौज,भविष्यलाई उन्मुख विकास बाटोमा लाग्दै सुधारको अभियानलाई गहन पार्नुका साथै योग्य व्यक्ति हुर्काउने स्तर उकास्नुपर्छ।

यस कलेजको तालिम मैदानमा सम्बन्धी तालिम तथा तालिम पूर्वाधार प्रबन्धको अवस्थाको निरीक्षण गरेपछि राष्ट्राध्यक्ष सीले लाल स्रोत अनुसन्धान केन्द्रको निरीक्षण गर्नुभएको छ। लामो समययता यस कलेजले लाल स्रोतको श्रेष्ठता निर्वाह गर्दै योग्य व्यक्ति हुर्काउनमा सक्रिय अन्वेषण गर्दै आएको छ। राष्ट्राध्यक्ष सीले कलेजको उक्त गतिविधिलाई प्रशंसा गर्दै लाल भावनाको प्रचारप्रसार गर्दै पुस्तौं पुस्ता वरिष्ठ लाल सेना हुर्काउने आग्रह व्यक्त गर्नुभएको छ।

कलेजको कार्य प्रतिवेदन सुनेपछि राष्ट्राध्यक्ष सीले महत्वपूर्ण मन्तव्य दिनुभएको छ। उहाँका अनुसार कलेजको विकास र योग्य व्यक्ति हुर्काउनु नै सबैभन्दा प्रथम कार्य हो। शिक्षा दिने कलेजले उच्च राजनीतिक दिशा कायम राख्दै कम्युनिष्ट पार्टीको निर्माण कार्यलाई चौतर्फी बलियो बनाउनुपर्छ। सुधार तथा परिवर्तनलाई कायम राख्दै विचारलाई मुक्त बनाएर अभ्यास अन्वेषणलाई मजबुत बनाउनुपर्छ।

जानकारी तथा लेखहरु