फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

व्यापारको तनाव परिस्थितिले विश्व आर्थिक वृद्धि सुस्त बन्दै

(GMT+08:00) 2019-05-22 17:10:45
संयुक्त राष्ट्र संघले यही मे एक्काईस तारिख "विश्व आर्थिक परिस्थिति र दृष्टिकोण सम्बन्धि अर्धवार्षिक प्रतिवेदन २०१९" सार्वजनिक गरेको छ। व्यावपारको तनाव परिस्थिति, धेरै मुलुकको नीति अनिश्चितता र व्यापार विश्वास झन् झन् घटेको प्रभावमा विश्व आर्थिक बृद्धि समग्रमा सुस्त हुँदै गएको प्रतिवेदनमा उल्लेख छ।

सो प्रतिवेदनमा आन्तरिक र बाह्य कारकहरूको प्रभावमा सबै विकसित अर्थव्यवस्था र विकासोन्मुख क्षेत्रको आर्थिक बृद्धि सुष्त हुनेछ। पूर्वानुमानका अनुसार, सन् 2019 मा विश्व आर्थिक बृद्धि दर 2.7 प्रतिशत मात्र हुनेछ। चालु वर्षको सुरुमा 3 प्रतिशतको अपेक्षा गरिएको थियो।

व्यापार घर्षण समाधान नभएको र भन्सार कर झन् झन् बढ्दै गएको कारणले सन् 2019 मा विश्व आर्थिक बृद्धि दरको अपेक्षा घट्दै गएको हो। अन्तर्राष्ट्रिय व्यापार गतिविधि लामो समयसम्म सुस्त हुँदा लगानी भविष्यमा कमजोर हुने र मध्यम उत्पादन वृद्धिमा प्रतिकूल प्रभाव पर्ने प्रतिवेदनमा उल्लेख छ।

जानकारी तथा लेखहरु