फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा विदेशी लगानी निरन्तर उच्च रहेको चिनियाँ परराष्ट्र मन्त्रालयको भनाइ

(GMT+08:00) 2019-05-22 17:11:48
अमेरिकाले चिनियाँ उत्पादित सामानमाथि चर्को भन्सार शुल्क लगाउन थालेपछि चिनियाँ उत्पादन अन्य मुलुकतिर निर्यात हुन थालेका छन्। यसप्रति चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले हिजो मे 21 तारिख जनाउनुभएअनुसार वास्तविक प्रमाणबाट हेर्दा विदेशी व्यवसायले चीनका लागि लगानी लगाउने भावना निरन्तर उच्च भैरहेको देखिन्छ। चीनले सधैँ नै विदेशी व्यवसायले गर्ने लगानीमा पारस्परिक हितको सहयोग गराउने भन्दै स्वागत गर्दै जाने छ।

प्रवक्ता लुका अनुसार हाल केही समययता अमेरिकाले व्यापारिक नियमलाई ध्वस्त बनाउने गतिविधिले चाल्दै आएको छ। यसले अमेरिका र चीन लगायत अन्तर्राष्ट्रिय बजारमा केही बाधा सिर्जना गरेको छ। कुनै किसिमको व्यवसायले आर्थिक भविष्यबमोजिम आफ्नो लगानी लगाउने दिशा बनाउने छ। अनिश्चितता र अस्थिरतासहित विश्वको अर्थतन्त्रमा विदेशी व्यवसायले वास्तविक गतिविधिमार्फत आफ्नो धारणा देखाउँदै चीनको अर्थतन्त्रप्रति द्दढ विश्वास लिएका छन्। उहाँले जानकारी दिनुभएअनुसार हाल एक्क्सन मोबिल, टेस्ला, बीएएसएफ, बीएमडब्ल्यू आदि विश्वव्यापी नामी व्यवसायले चीनमा लगानी बढाएका छन्। जापानको व्यापार पुनःरुत्थान संस्थाले सार्वजनिक गरेको सन्2018 जापानी व्यवसायको विदेशी व्यापारको समायोजन प्रतिवेदन अनुसार जापानी व्यवसायी निरन्तर चिनियाँ बजारप्रति आशावादी छन्।

जानकारी तथा लेखहरु